२७ चैत, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएका महत्वपूर्ण संम्झौता तथा समझदारीकोे व्यवहारिक कार्यन्वयका लागि छलफल अघि बढाएको छ ।
चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल टुंंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना रहेको आजको अन्नपूर्णमा समाचार छ ।
नेपाल र चीनबीच स्वतन्त्र व्यापार (एफटिए) का लागि सम्भाव्यता अध्ययन अघि बढाउन चिनियाँ पक्षसँग संवाद गर्न टोली गठन गरिने छ । एफटिएको विविध पक्षबारे स्वतन्त्र अध्ययन गर्न एक अनुसन्धान टिम गठन गरिने छ ।
चिनियाँ सहयोगको हिल्सास्थित सियार्वा नदीमा पुल बनाउन परराष्ट्रले कूटनीतिक तहमा चीनसँग कुरा गर्ने छ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण चार दिनपछि सुरु हुँदैछ । त्यसका लागि चिनियाँ सहुलियत ऋण, मिश्रति ऋणलगायतका विषयमा चिनिायँ पक्षसँग परराष्ट्र, अर्थ र पर्यटन मन्त्रालयले नियमित सहकार्य र समन्वय गर्नेछ ।
लेटर अफ एक्सचेन्ज अनुसार नेपालमा चीनको सहयोगमा ग्यास तथा तेल उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment