Friday, April 8, 2016

बर्दियामा पाटेबाघको छालासहित एक तस्कर पक्राउ

– सुदीप अधिकारी

बर्दिया, २६ चैत । पाटेबाघको छालासहित एक तस्कर पक्राउ परेका छन् ।

जिल्लाको सुर्यपटुवा–९ सोताहाबाट पाटेबाघको छालासहित बनियाभार–४ का ३९ वर्षिय टिकाराम थारुलाई प्रहरीले बिहीबार राती पक्राउ गरेको हो ।

वन्यजन्तु अंग ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा केन्द्रीय अनुसन्धान व्युरो र प्रहरीको संयुक्त टोलीले थारुलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो (सीविआइ) र प्रहरी सहितको टोलीले गरी गतवर्ष माघ महिनादेखि हालसम्म १५ वटा पाटेबाघको छाला र १ सय ३० किलो हड्डी बरामद गरिसकेको बताइएको छ । भने ओसारपोसारमा संलग्न २६ जनालाई पक्राउ परि सकेका छन् । प्रहरीका अनुसार बाघको छाला ओसार पसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् ।

सुदुरपश्चिम प्रहरी क्षेत्रीय अनुसन्धान व्युरोमा रहेका प्रहरी नायव निरीक्षक बिरेन्द्र जोहारीको कमाण्डमा खटेको टोलीले मात्रै मध्यपश्चिम र सुदुरपश्चिमबाट हालसम्म ९ वटा पाटे बाघको छाला र १ सय २५ किलो बाघको हड्डी सहित उनीहरुलाई पक्राउ गरेको हो । बाँकीलाइ प्रहरी सहितको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बाघको छाला सहित पक्राउ परेकालाइ बन्यजन्तु ऐन अनुसार ५ देखि १५ बर्ष सम्म कैद वा १ देखि ५ लाखसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ । पाटेबाघ विश्वमै लोपोन्मुख वन्यजन्तुको सुचीमा पर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment