२६ चैत, दोलखा । मादकपदार्थ सेवन गरी गाडी हाँकेको र अरुलाई क्षति पुर्याएको आरोपमा प्रहरीले एक युवकविरुद्ध मद्दा दर्ता गरेको छ ।
दोलखा भिमेश्वर नगरपालिका–१० का २९ वर्षीय मनोजकुमार लामालाई जिल्ला प्रहरी कार्यालय दोलखाले बा १३ च ६६०३ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिई सार्वजनिक अपराध र सजाय ऐन २०२७ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
बिहीबार दिउँसै लामाले चलाएको बोलेरो अनियन्त्रित भई बसपार्कमा रहेको सत्यनारायण फलामे उद्योगभित्र छिरेको थियो । जिप्रका दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारका अनुसार मादक पदार्थ सेवन गरेर क्षति पुर्याउने चालकविरुद्ध सार्वजनिक मुद्दा चलाइएको यो दोलखाको पहिलो घटना हो ।
त्यस्तै बिहीबार मात्रै बरुवा बन्दुकसहित बाबरे–२ का दलबहादुर थामीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक सुनुवारकाअनुसार थामीको साथबाट दुई थान बरुवा बन्दुक र एकवटा मृगको ताजा छालासहित बरामद गरिएको छ ।
उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । थामीलाई अवैध घरेलु हातहतियार र चोरी निकासीमा कारबाही हुने प्रहरीले बताएको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment