Saturday, April 9, 2016

अमेरिकामा शरणार्थी बन्न खोज्ने नेपाली मुस्लिमलाई फिर्ता पठाइयो

२८ चैत, काठमाडौं । अमेरिकामा शरण लिन खोज्ने नेपालसहित भारत र बंगलादेशका ८५ मुस्लिमलाई आफ्नै देश फर्काइएको छ ।

अमेरिकाले उनीहरुको शरणार्थी आवेदन पत्र अस्वीकार गरेको हो । आफ्नो देशमा हिंसा र असुरक्षा रहेको भन्दै उनीहरुले अमेरिकामा शरणार्थीका रुपमा बस्न पाउन आवेदन दिएका थिए ।

उनीहरुलाई अप्रिल ३ मा डिपोर्ट गरिएको थियो । यसरी आफ्नै देश फर्काइकाहरु मध्ये केही गत वर्ष भोक हड्तालमा बसेकाहरु छन् भने केही लामो समयदेखि न्यायिक हिरासतमा थिए ।

तर, यसरी देश फर्काएकाहरुमा नेपाली कति छन् भन्ने खुलाइएको छैन ।

‘उनीहरुले इमिग्रेसन कोर्टमा आफ्नो मुद्दा राख्न पाए । तर, अस्वीकृत भएको छ’ इमिग्रेसन कस्टम्स एण्ड एनफोर्समेन्ट एजेन्सी (आईसीई)का एक अधिकारीले भनेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment