२८ चैत, काठमाडौं । आल्मुनियम ब्यवसायी संघ नेपाल (अल्फान) को राष्ट्रिय भेला काठमाडौंमा भएको छ । भेलामा देशभरका ब्यवसायीले आल्मुनियम ब्यवसायको क्षेत्रमा देखिएका समस्याबारे छलफल गरेका छन् ।
कार्यक्रममा सहभागीले आल्मुनियमको गुणस्तर, अस्वस्थ प्रतिस्पर्धा र दररेट निर्धारणमा समस्या रहेको बताए । भेलाले बजारमा गुणस्तरीय आल्मुनियमका सामाग्री नपाइने समस्या रहेको र त्यसलाई मापदण्ड बनाएर सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ ।
आल्मुनियमको मोटाइ विश्वभर न्युनतम १ दशमलव २ मिलीमिटर हुनुपर्ने भएपनि नेपालमा शुन्य दशमलव ८ मिलीमिटरको प्रयोग भइरहेको कार्यक्रममा बताइयो । उपभोक्तामा आल्मुनियमको गुणस्तरीयताबारे जानकारी नहुँदा समस्या भएको ब्यवसायीको भनाइ छ ।
उपभोक्तालाई झुक्याएर गुणस्तरहिन आल्मुनियम प्रयोग गराउनेमा बिचौलीयाको हात रहेको वक्ताहरुले बताए । नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले सुरक्षाका लागि आल्मुनियमको मोटाइको मापदण्ड तय गर्न भेलाले सरकारसँग माग गरेको छ ।
‘गुणस्तरीय आल्मुनियम सामाग्री उपलब्ध नहुँदा गुणस्तरमा प्रश्न उब्जेको छ,’ अल्फानका अध्यक्ष तेज राईले भने, यसले आल्मुनियम ब्यबसायीको विश्वासनीयतामा पनि प्रश्न उब्जाउने भएकाले तोकिएको गुणस्तरका आल्मुनियम मात्र आयात गर्ने प्रबन्ध मिलाउन सरकारसँग माग गर्छाैं ।’
उनले बैशाख १२ र त्यसपछिको भूकम्पबाट आल्मुनियम प्रयोग भएका घरमा कम क्षति भएको बताए । अध्यक्ष राईले भेलामा उठेको समस्या समाधान गर्न आवश्यक पहल गर्ने पनि बताए ।
भेलामा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी ब्यबसायीहरु देश विकासको मेरुदण्ड भएको उल्लेख गर्दै अन्यायमा परे सहयोग गर्न तयार रहेको बताइन् ।
भेलामा अल्फानको भित्तेपात्रो लोकार्पण गरिएको थियो । भेलामा नेपाल निर्माण ब्यबसायी महासंघ, ग्रील तथा स्टिल ब्यबसायी महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहले बोलेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment