Saturday, April 9, 2016

आकासमै अवार्ड, आर्यन र नम्रता उत्कृष्ट

‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड’ थाइल्याण्डमा सम्पन्न भएको छ । अवार्डमा ५५ जना कलाकार, पत्रकार र चलचित्रकर्मीको उपस्थिती थियो । शुक्रबार ३९ हजार फिट उचाइमा यो अवार्ड सम्पन्न गरिएको छ । विश्वमै पहिलो पटक यती उचाइमा अवार्ड गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा राख्ने लेख्ने प्रक्रिया सुरु गरिएको बक्स अफिस फिल्मका अध्यक्ष आर के सुवेदीले बताए ।

यो अवार्डका विभिन्न विधामा चलचित्रकर्मीलाई अवार्ड तथा पुरस्कृत गरिएको छ । नायक आर्यन सिग्देलले नोभेम्बर रेनबाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दा सोही चलचित्रबाट नायिका नम्रता श्रेष्ठले अवार्ड पाइन् । निर्देशकतर्फ दिनेश राउतले यही चलचित्रबाट अवार्ड जिते । नोभेम्बर रेन उत्कृष्ट चलचित्र ठहरियो । कुल ३१ विधामा प्रदान गरिएको अवार्डमा जुरी अवार्डमा ६ विधामा यही चलचित्रले बाजी मार्यो । कार्यक्रममा सहभागी हुनका लागि नायिका स्वेता खड्का, नायक आर्यन सिग्देल, निर्देशक आकाश अधिकारी, संगीतकार शम्भुजित बास्कोटा, नायक प्रदिप खड्का, निर्माता सुवास गिरी, सन्तोष सेन लगायतको टोली थाइल्याण्ड आएको थियो ।

अवार्डमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले पपुलर प्रोड्यूसर विधामा अवार्ड जिते । उनको अवार्ड नायिका स्वेता खड्काले ग्रहण गरिन् । उनले पपुलर अवार्ड नै सवैभन्दा ठूलो अवार्ड भएको बताइन् । निर्देशक आकाश अधिकारी र संगीतकार शम्भुजित बास्कोटाले पनि यही विधामा अवार्ड जिते ।

akash shweta bof fb1

३९ हजार फिटमा अवार्ड वितरण गरेपछि थाइल्याण्डको पतैयास्थित आइसल्याण्डमा पनि २०७२ मा प्रदर्शनमा आएर सर्वाधिक कमाई गरेका चलचित्रलाई अवार्ड दिइयो । आइसल्याण्डमा अवार्ड गरेर पनि विश्व किर्तिमान राख्ने प्रक्रिया थालिएको आर के सुवेदीको भनाई छ । बक्स अफिस फिल्म फेयर अवार्डका विजेताको नामाबली यसप्रकार छ ।

_MG_5623 akash adhikari bof fb

अवार्ड बिजेताको सुची (जुरी)

सर्बोत्कृष्ट कलर करेक्सन-फिटकिरी

सर्बोत्कृष्ट ड्रेस डिजाईनर-उत्तम बनेपाली-कोहिनुर

सर्बोत्कृष्ट मिक्सिङ-उत्तम न्यौपाने-मुखौटा

सर्बोत्कृष्ट मेकअप-श्याम लामा-झिग्रना

सर्बोत्कृष्ट ब्याकराउण्ड म्युजिक-एलिस कार्की-कोहिनुर

सर्बोत्कृष्ट ईडिटर-अर्जुन जिसी-नाई नभन्नु ल ३

सर्बोत्कृष्ट छाँयाकार- पुरुषोतम प्रधान-फिटिकिरी

सर्बोत्कृष्ट संबाद-रामबहादुर गुरुङ,उपेन्द्र सुब्बा-कबड्डी

सर्बोत्कृष्ट पटकथा-छेतेन गुरुङ-नोभेम्बर रेन

सर्बोत्कृष्ट कथा-लय संग्रौला-लोग्ने मान्छे

सर्बोत्कृष्ट दन्द-चन्द्र पन्त-हवल्दार सुन्तली

सर्बोत्कृष्ट नृत्य निर्देशन-कबिराज गहतराज-नाई नभन्नु ल ३

सर्बोत्कृष्ट पार्श्व गायिका-माण्डबी त्रिपाठी-लज्जा-मात लाग्यो

सर्बोत्कृष्ट पार्श्व गायक-युबराज चौलागाँई-नोभेम्बर रेन-तिमिलाई

सर्बोत्कृष्ट गीतकार-अर्जुन पोख्रेल-स्टुपिड मन

सर्बोत्कृष्ट संगीतकार-अर्जुन पोख्रेल-स्टुपिड मन

सर्बोत्कृष्ट बाल कलाकार-संगम बिष्ट-लभ यु बाबा

सर्बोत्कृष्ट अभिनेता (कमेडी) जय किशन बस्नेत-कान्छि मट्याङ ट्याङ

सर्बोत्कृष्ट खलपात्र-ध्रुब कोईराला-हवल्दार सुन्तली

सर्बोत्कृष्ट चरित्र अभिनेता-रबिन्द्र खड्का-आभाष

सर्बोत्कृष्ट चरित्र अभिनेत्री-सुर्य माला खनाल-सुन्तली

सर्बोत्कृष्ट नबप्रबेशी अभिनेत्री-शिल्पा पोख्रेल-लज्जा

सर्बोत्कृष्ट नबप्रबेश अभिनेता-प्रदिप खड्का-ईस्केप

सर्बोत्कृष्ट सहायक अभिनेत्री-चुल्ठिम गुरुङ-नोभेम्बर रेन

सर्बोत्कृष्ट सहायक अभिनेता-सबिन श्रेष्ठ-हवल्दार सुन्तली

सर्बोत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ-नोभेम्बर रेन

सर्बोत्कृष्ट अभिनेता-नोभेम्बर रेन

सर्बोत्कृष्ट नबप्रबेशी निर्देशक-सज्जन श्रेष्ठ-पुनर्जन्म

सर्बोत्कृष्ट निर्देशक-दिनेश राउत-नोभेम्बर रेन

सर्बोत्कृष्ट फिल्म-नोभेम्बरे रेन

सर्बोत्कृष्ट एनिमेशन-अक्की शर्मा-माला


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment