चार वटा चिनियाँ विमान खरिदका लागि बुझाइएको ६० प्रतिशत रकम र विमान ल्याउन भइरहेको प्रगतीबारे संसदीय समितिले चासो देखाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चिनियाँ विमान ल्याउने सम्बन्धमा भएको तयारीबारे नेपाल वायुसेवा निगमका पदाधिकारीहरुसँग आइतबार जानकारी लिएको हो ।
सिंहदरवारमा बसेको समितिको बैठकमा सदस्यहरुले चिनियाँ विमान ल्याउन गरिएको ढिलाईबारे प्रश्न गरेका छन् । यसअघि दुईवटा विमान चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराए पनि अरु विमान ल्याउन नसक्नुको कारण खुलस्त गर्न समितिले निगमलाई निर्देशन दिएको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपाली विमान घाटामा गएको भन्ने प्रचार भ्रामक रहेको भन्दै चारवटा विमान ल्याउन अझै केही काम बाँकी रहेको जानकारी दिए ।
बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीमा गर्न लागेको अन्तार्राष्ट्रिय बौद्ध सम्मेलन व्यवस्थापनको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment