Sunday, April 10, 2016

बिस्केट जात्राको रथमा च्यापिएर भक्तपुरमा लक्ष्मीप्रसादको ज्यान गयो

भक्तपुर २८ चैत । नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा शनिबार रातिदेखि सुरु भएको बिस्केट जात्रामा रथमा च्यापिएर घाइते भएका एक जनाको उपचारका क्रममा राति मृत्यु भएको छ ।

भक्तपुर नगरपालिकाका ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको वीर अस्पताल ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यरातिसम्म तौमढी(पाँचतले मन्दिर)बाट तल्लो र माथिल्लो भेगका बासिन्दाबीच ढुङ्गा हानाहान भएको थियो । अपराह्न ५ बजेर १५ मिनेटमा तौमढीबाट तल र माथिका बासिन्दाले भैरवको रथ तान्न सुरु गरेका थिए । रथ माथिल्लो भेगका बासिन्दाले गोल्मढीसम्म पु¥याएका थिए ।

विगतमा दत्तात्रयसम्म पुर्याइने रथ यस वर्ष भूकम्पले टेको लगाइएका घरहरु भत्किन सक्ने भन्दै प्रहरीले क्वाछेबाट माथि लैजान नदिन बार लगाए पनि स्थानीयवासीले बार हटाएर गोल्मढीसम्म पु¥याएका थिए ।

गोल्मढीबाट रथलाई तानेर पुनःतौमढी ल्याइएपछि नासमनातर्फ लैजाने कि गःहिटीमै राख्ने भन्ने विवाद भएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहान भएको थियो ।

करिब एक घन्टाको झडपपछि तल्लो भेगका बासिन्दाले रथलाई नासमनातर्फ लगेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन लठ्ठी समेत प्रहार गरेको थियो । त्यसपछि भने प्रहरीमाथि समेत ढुङ्गा हान्न थालियो ।

ढुङ्गा हानाहानबाट आठ आठ प्रहरी र स्थानीयवासी घाइते भएकामा केहीलाई उपचारपछि घर पठाइएको र केहीको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जात्रामा हुलदङ्गा गर्न खोज्ने चार जनालाई नियन्त्रणमा लिएको छ । बिस्केट जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment