Sunday, April 10, 2016

‘बुद्ध वर्न ईन नेपाल’ को ट्रेलर सार्वजनिक, मोदी र ओबामालाई समेत चुनौती (भिडियोसहित)

चलचित्र बुद्ध वर्न ईन नेपाल हेरिसकेपछि कला संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोखरेलले न्वारानकै बल लगाएर मन्त्री भएको सबै पावर प्रयोग गरि अचम्मको घोषणा गरेका थिए । उनले चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ को सबै प्रचार समाग्रीमा (पोष्टर, पम्प्लेट, व्यानर, फ्लेक्स, स्टिकर, भिडीयो र फिल्म) मा नेपाल सरकारको छाप (लोगो) राखिने उद्घोष गरेका थिए । त्यति मात्र हैन पर्यटन मन्त्रालयको समेत नाम प्रचार सामाग्रीमा राखिने मन्त्री पोखरेलले बताएका थिए । साथै मन्त्री पोखरेलका अनुसार अब केही महिना पर्यटन मन्त्रालय चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ को प्रदर्शनमा व्यस्त रहने समेत बताएका थिए ।

हाल सम्म बनेको नेपाली चलचित्रहरु मध्येको सबैभन्दा बढी महँगो यस चलचित्रमा रमित दुंगाना, अमित दुंगाना, आशिश्मा नकर्मी, निर शाह, मिथीला शर्मा, हलिउड एक नायिका लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रको शिर्ष गीत निकै रुचाईएको छ । उक्त गीतमा गायक ओम सुनारले स्वर दिएका छन् । चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ । चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । अमित दुंगाना र रमित दुंगानाले चलचित्रको निर्माण गरेका हुन् ।

चलचित्र निर्माण गरेर निर्माता तथा नायक रमित दुंगानाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई समेत चुनौती दिएका छन् । नेपाल भ्रमणको क्रममा संसदमा सम्बोधन गर्दै नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मिएका कारण नेपाल पवित्र भएको बताएका थिए तर भारतको एक प्रदेशिय कार्यक्रममा उनले बुद्ध भारतमा जन्मिएको अर्को प्रतिक्रिया दिएका थिए । यसलाई चुनौती दिदै मोदीले बुद्ध वर्न ईन नेपाल चलचित्र हेर्नुपर्ने नायक दुंगानाले मोदीलाई चुनौती दिए ।

यस्तै अमेरिकाको विभिन्न युनिभर्सिटीमा पढाईने कोर्समा बुद्ध भारतमा जन्मिएका हुन् भन्ने गलत सूचना रहेकोले पनि अमेरिकाको राष्ट्रपतिले आफ्नो चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ हेरेर युनिभर्सिटीको कोर्स परिवर्तन गर्न चुनौती दिएका छन् । अब चलचित्रको प्रचार प्रसार सामाग्रीमा लोगो रहने की नरहने अन्यौल कायम भएको छ ।

यो चलचित्र क्षेत्रको लागि अनौठो र पहिलो रेकर्ड हो । समाचार माध्यममा समाचार पनि सम्प्रेषित भयो तर मन्त्री पोखरेलले सरकारको लोगो चलचित्रमा रहने नसक्ने यस्तो नियम अहिले सम्म नरहेको भन्दै आनाकानी गर्न थालेका छन् । सरकारको लोगो सहितको ट्रेलर चलचित्र निर्माण युनिटले आईतवार सार्वजनिक गर्ने भनिएतापनि लोगो राख्ने काम नभएपछि ट्रेलर सार्वजनिक कार्यक्रम रोकिएको छ, नायक तथा निर्माता रमित दुंगानाले भने । चलचित्रमा मायाप्रेम, संघर्ष, अमेरिकाको सपना सबै समेटिएको छ । विशेषत चलचित्रमा बुद्ध नेपालमै जन्मिएको हो भन्ने मुख्य सन्देश रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment