Sunday, April 10, 2016

आर्थिक सङ्कटमा गुज्रिएको क्याम्पस चलाउन ५० लाखभन्दा बढी चन्दा सङ्कलन

पर्वत, आर्थिक सङ्कटमा गुज्रिएको जिल्लाकै पुरानो क्याम्पस चलाउन आर्थिक सङ्कलन गरिएको छ । फलेवासमा रहेको जिल्लाकै पहिलो पर्वत बहुमुखी क्याम्पस चलाउनका लागि रु ५० लाखभन्दा बढी चन्दा सङ्कलन गरिएको हो । स्थापनाको २५ वर्ष पुगेका अवसरमा मनाउन लागिएको रजत जयन्तीलाई केन्द्रित गरेर रु ५० लाख ५० हजार सङ्कलन भएको क्याम्पस प्रमुख जगबहादुर कुँवरले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न असहज अवस्था सिर्जना भएपछि आर्थिक सहयोग अभियान सुरु गरिएको बताइएको छ । आगामी जेठ महिनाभित्र क्याम्पसको रजतजयन्ती मनाइँदैछ । रकम सङ्कलन गरी स्नातक र स्नातकोत्तर तह सञ्चालन गरिने तथा क्याम्पसको गुणस्तर वृद्धि गर्ने मुख्य लक्ष्य रहेको कुवँरले बताउनुभयो ।

विसं २०४१ मा स्थापित क्याम्पसमा बाग्लुङ र पर्वतका विभिन्न गाविसका २०० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment