काठमाडौं, २८ चैत । नयाँ वर्षको स्वागत तथा उत्सव मनाउने तयारीमा रहेका नेपालीहरुका लागि एउटा नयाँ खुसीको खबर छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय सहमति नजुटिरहेका बेला नयाँ वर्षको सुरुवातमै प्रमुख तीन दलबीच एउटा विषयमा राष्ट्रिय सहमति जुट्ने भएको हो ।
त्यसका लागि तीनै दलका प्रमुख नेता एकै मञ्चमा उभिनेछन् । यसको अवसर जुराइदिएको छ पोखराले ।
पोखरामा बन्ने देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासका निम्ति सत्तारुढ़ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ बर्षको दिन बैशाख १ गते फेवा नगरी जाने भएका हुन् ।
गत वर्षपनि सुरुआतमै विनाशकारी भूकम्प आएपछि तीन दल मिलेर अघि बढेका थिए । जसको फलस्वरुप देशले ७० वर्षको संघर्षको उपलब्धिका रुपमा जनताको संविधान पाएको थियो ।
नयाँ वर्ष २०७३ को सुरुआतमै तीनै नेता एकै मञ्चमा उभिएर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन एकताबद्ध हुनेभएपछि यस वर्षपनि प्रमुख दलहरुबीच राष्ट्रिय सहमति र एकता हुने र विकासले गति लिने अपेक्षा गरिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment