काठमाडौं, २८ चैत । हिन्दकुशलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको भारतमा कडा धक्का महसुस गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अपराह्न ४ बजेर १६ मिनेटमा गएको ६.८ रेक्टर स्केलको भूकम्पले पुरै दिल्ली हल्लिएको छ । भूकम्पपछि त्यहाँ रेल सेवा बन्द गरिएको छ ।
भारतमा भूकम्प धक्का करिब २ देखि ३ मिनेटसम्म महसुस भएको समाचारमा जनाइएको छ ।
यो भूकम्पको धक्का भारतका उत्तरी राज्यहरु जम्मु काश्मिर, उत्तराखण्डसहित राजधानी दिल्लीमा समेत महुसस भएको थियो । त्यसैगरि राजस्थान, चण्डीगढ, उत्तरप्रदेश, हरियाणा र पञ्जावमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
पृथ्वीको सतहबाट एक सय ९० किलोमिटर भित्र गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आइसकेको छैन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment