‘एफबीबी फेमिना मिस इंडिया वर्ल्ड २०१६’ को ताज प्रियदर्शनी चटर्जीले हातपार्न सफल भएकी छिन् । बलिउड सुपरस्टार शाहरुख खानले यसको घोषणा गरेका छन् । २०१६ मा हुने मिस वर्ल्ड प्रतियोगीतामा भारतको तर्फबाट यिनले प्रतिनिधित्व गर्नेछिन् ।
उनले प्रथम रनरअप बेंगलूरुकी सुश्रुति कृष्णा र लखनऊकी पंखुड़ी गिदवानी लाई पराजित गरेर यो ताज हासिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा मिस इन्डियाको विजेता घोषणा भन्दा पहिले शाहरुख खानले आफ्नो आगामि फिल्म फ्यान को समेत प्रमोशन गर्न समेत भ्याएका थिए । प्रियदर्शनीले यो भन्दा अघि पनि मिस इन्डिया दिल्ली जितेकी थिइन् । हाल उनी दिल्लीमा बस्दै आएकी छिन् । मिस इन्डिया २०१६ प्रतियोगिताको जजहरुमा संजय दत्त, यामी गौतम, अर्जुन कपूर, कबीर खान, एमी जैक्सन, मिस वर्ल्ड २०१५ मिरजा लालगुना, टेनिस खेलाडी सानिया मिर्जा, एकता कपूर, डिजाइनर मनीष मलहोत्रा र शने पीकाक आदि रहेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment