Sunday, April 10, 2016

काठमाडाैंको आकास धमिलो हुँदा….

सुरज कुँवर, काठमाडौं

माडौंलाई सिधै जोड्ने टर्कीको ध्वजावहाक विमान टर्कीस एयरलाइन्स अघिल्लो फागुन २० गते अवतरणका क्रममा धावनमार्गमै चिप्लिएर (स्कीड–अफ) दुर्घटना भयो । त्यसपछि यो एयरलायन्स यहाँ चर्चित बन्यो तर यस घटनाले नेपाललाई बाँकी विश्वमा नकरात्मक चर्चा दिलायो ।

एउटामात्रै धावनमार्ग भएका कारण नेपालको एउटै विमानस्थल ४ दिन बन्द भयो । त्यसबेला छिनभरमै बिग्रिएको ‘भिजिविलिटी’मा टर्किसका क्याप्टेनले गरेको अवतरण गर्ने निर्णय ‘क्रयास–ल्याण्डिङ्ग’ मा परिणत भयो ।

बुधबार म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग–वेमा उभिएका बेला टर्किस उड्न तयार थियो । मध्यान्हको नेपाली आकास ट्राफिकका कारण बिजी थियो । त्यहीबेला ककपिटको झ्याल एक्कासी खुल्यो । क्याप्टेन सोमर ओक्सवेले आफ्नोतीरको सिसामा एक बोतल पानी भित्रैबाटै छ्यापे । वाइपर चलाए । त्यतिले मात्र चित्त बुझेन छ क्यार । ककपिटबाट आधा शरिरै बाहिर निकालेर न्यापकिन पेपरले मज्जाले सिसा पुछे । केही मिनेटको पर्खाईपछि टावरले उनलाई उड्न अनुमत दियो । २८९ यात्रु बोकेर उनी इस्तानबुल उडे ।

सर्वियामा मुख्यालय रहेको एउटा संस्थाले हालै सार्वजनिक गरेको तथ्यांकले काठमाडौंलाई विश्वका प्रदुषित सहरहरुको सूचीमा तेस्रो स्थानमा देखायो । टर्किसका क्याप्टेनले सिसा पुछेको देखेपछि मलाई लाग्यो– काठमाडौंको सडकमात्रै होइन, नेपाली आकास पनि कहाँ सफा रहेछ र !

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment