७ फागुन, सप्तरी । तराईमा विखण्डनको वकालत गर्दै हिँडेका सिके राउतका कार्यकर्ताहरुले सप्तरीको भारदहमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रमलाई बिथोल्दै प्रहरीले राउतका तीनजना कार्यकर्तालाई पक्राउ गरेको छ ।
झडपका क्रममा प्रहरीले लाठी प्रहार गर्दा एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । स्थानीय विद्यालयमा राउतका कार्यकर्ताले बिहीबार बिहान आयोजना गरेको कार्यक्रम बिथोल्दै तीनजना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्यकर्ता श्यामसुन्दर मण्डल, सुरेन्द्र मण्डल र दिनेश्वर शर्मालाई रिहाइको माग गर्दै शुक्रबार पुन भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको हो ।
घाइते हुने राउतका कार्यकर्ताहरुमा भारदह २ का पंकज सिंह, भारदह १ का सन्तोष झा, सुर्यनारायण विश्वास, भारदह ५ का रत्नलाल पैकरा, संजीव गाइम, शुभम मण्डल, योगिनियाँ ४ का पिन्टु गोइत, भारदह ७ का शिवशंकर यादव, चन्दन मण्डल, सुरेशुकुमार मुखिया, सीताराम मण्डल, राजनारायण यादव लगायत छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment