कार्यदल स्तरमा वार्ता नगर्ने घोषणा गर्दै मधेसी मोर्चा
७ फागुन, काठमाडौं । मधेसी मोर्चाले सीमांकन विवाद सुल्झाउन सरकारले बनाएको राजनीतिक संयन्त्रलाई अस्वीकार गरेको छ ।
मधेसी मोर्चासँगको सहमति प्रयास असफल भएपछि सरकारले बिहीबार राति एकतर्फी रुपमा राजनीतिक संयन्त्र गठन गरेको थियो । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा बनेको ११ सदस्यीय संयन्त्रमा अन्य सदस्य तोएकिो छैन ।
मधेसी मोर्चाले भने ओली सरकारमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएको छ ।
मोर्चाका कार्यदल सदस्यहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मधेसको माग पुरा गर्नुभन्दा पनि आफ्नो विदेश भ्रमणलाई उपलब्धिपूर्ण देखाउने मनसायका साथ सम्वाद नै विथोल्ने गरी तानाशाही प्रवृत्तिबाट बनाएको संयन्त्रले आन्दोलनरत पक्षको माग सम्बोधन नगर्ने भएकाले मोर्चा अस्वीकार गर्दछ ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment