७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
गच्छदारले ओलीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नेछन् ।
ओली ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार अपरान्ह भारत प्रस्थान गरेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment