काठमाण्डौं । अमेरिकी डलरको भाउ बढेर आज करिब १ सय १० रुपैयाँ पुगेकोछ । डलर बढेसँगै आज नेपाली रुपैयाँ अत्यन्त कमजोर देखिएकोछ । आजको बजार भाउ अनुसार एक अमेरिकी डलर किन्न १०९ रुपैयाँ ९६ पैसा तिर्नु पर्छ ।
१५ दिनयता अमेरिकी डलरको भाउ १०९ रुपैयाँ माथि छ । गत साता पुरानो रेकर्डलाई तोड्दै डलर निरन्तर उक्लिएको हो । अमेरिकी डलरको भाउ वढ्दा विदेशमा काम गर्नेलाई नेपाल पैसा पठाउँदा फाइदा हुन्छ भने नेपाली बस्तु तथा सेवा निर्यात गर्नेको पनि आम्दानी बृद्धि हुन्छ । त्यस्तै, पर्यटन आयमा सुधार आउँछ ।
तर, डरले बढ्नाले हामीलाई हुने घाटामा अधिकांश बस्तु तथा सेवा आयात गरेर ल्याइने भएकाले तिनको भाउ वढ्छ, सरकारको विदेशी ऋणको भार वढ्छ, डलरमो भुक्तानी दिनु पर्ने नेपालमा सञ्चालित विद्यूत् आयोजनामा लागत वढी पर्छ र विदेश पढ्न, घुम्न तथा औषधि उपचार गर्न जानेलाई महँगो पर्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment