Friday, February 19, 2016

प्रधानमन्त्री ओलीलाई दिल्ली विमानस्थलमा विदेशमन्त्रीको स्वागत  

चिरञ्जीवी पौडेल

७ फागुन, नयाँदिल्ली। प्रधानमन्त्री केपी शर्मा ओली छ दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका छन् । प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।

ओली ४६ सदस्यीय सरकारी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार साढे ३ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली विमानस्थलबाट सोझै राष्ट्रपति भवनमा गएका छन्, जहाँ उनीसहित १७ जनाको बासको व्यवस्था गरिएको छ । भ्रमण टोलीका अन्य सदस्य भने होटलमा बस्नेछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment