७ फागुन, काठमाडौं । अलेक्जेन्डर हम्बोल्ट फाउन्डेसन जर्मनी, नेपाालस्थित जर्मन दूतावास र नेपाल पोलिमर इन्स्टिच्यूट (एनपीआई) काठमाडौंको संयुक्त आयोजनामा ‘भूकम्पको त्रासमा जीवन’ विषयमा चारदिने सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सम्मेलनको उदघाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले नेपालीहरु वास्तवमा त्रासमा बाँच्नुपरेको र त्रासबाट उम्कन विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका अनुसन्धानबाट प्राप्त परिणामहरुलाई सरकारी पक्षले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।
नेपालका लागि जर्मन राजदूत माथियान मायरले गत वैशाख १२ को भूकम्पले नेपालीलाई ठूलो क्षती पुर्याएको र दाता सम्मेलन पनि भएको तर अपेक्षाअनुसार भूकम्प पीडितले राहत महसुस गर्ने गरी काम काम हुन नसकेको बताए ।
पूर्व सांसद तथा प्राज्ञ डा. राममान श्रेष्ठ, हम्बोल्ट क्लब नेपालका महासचिव तथा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रामेश्वर अधिकारी लगायतले पनि धारणा राखेका थिए ।
विषयगत विशेषज्ञहरुको सहभागिता रहेको यो सम्मेलनमा विभिन्न विषयका ३५ वटा मौखिक प्रस्तुती र १७ पोष्टरको प्रस्तुति रहने छ । सम्मेलनमा क्षति न्यूनिकरणका लागि विभिन्न विषयका विज्ञहरुलाई साथमा राखि गोलमेच सम्वाद पनि अयोजना गरिएको छ ।
यो सम्मेलनबाट नेपाल सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पनि महत्वपूर्ण सुझावहरु प्राप्त हुने विश्वास लिइएको छ । सम्मेलनमा सहभागी विदेशी तथा स्वदेशी विज्ञहरुलाई भूकम्पबाट क्षति पुगेका पुरातात्विक महत्वका क्षेत्रहरुको पनि भ्रमण गराइनेछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment