Friday, February 19, 2016

भैरहवा नाकाबाट एक ट्रक अवैध सुपारी बरामद

सलमान खान

७ फागुन, भैरहवा । रुपन्देहीको भैरहवास्थित सेमरपानी नाकाबाट अबैधरुपमा भारततर्फ लैजान लागिएको एक ट्रक सुपारी प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अभय विक्रम शाहको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा अवैध सुपारी बरामद गरेको हो ।

लु १ ख ६६२६ नम्बरको ट्रकमा ९ लाख रुपैयाँ बराबरको ५ हजार ४ सय केजी अबैध सुपारी बगाहा गाविस स्थित सेमरपानी नाकाबाट बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक शाहले अनलाइनखबरलाई बताए । अवैध सुपारीसहित ट्रक चालक नवलपरासी पाली ८ का राजेन्द्र हरिजनलाई पनि नियन्त्रणमा लिइएको उनले बताए ।

उनले उक्त सुपारी नवलपरासीको अन्सारी जनरल स्टोरबाट ट्रकमा लोड गरेर सेमरपानी नाका हुँदै भारततर्फ लैजान लागेको खुलेको बताए । प्रहरीका अनुसार आवश्यक कारबाहीका लागि ट्रक र सुपारीलाई भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ र त्यसबारे थप अनुसन्धान भइरहेको छ ।

भारतमा नेपालबाट सुपारी कानुनीरुपमा लैजान पाइँदैन तर नेपालभन्दा भारतमा सुपारीको मूल्य महंगो पर्ने भएकाले तस्करहरुले नेपालबाट भारत तर्फ सुपारी तस्करी गर्दछन् ।

मलेसिया, ईण्डोनेसियालगायत देशबाट नेपालका लागि भनि आयात गरिएको सुपारी तस्करहरुले भन्सार छलेर भारतमा तस्करी गर्दै आइरहेको बुझिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment