क्वालालम्पुर । मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
इण्डोनेसिसासँग सीमा जोडिएको सारवाक राज्यमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री हमिदीले सवै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय गरिएको बताएको मलेसियाली सरकारी समाचार समिति बर्नामाले जनाएको छ ।
‘अब हामीले बिदेशी कामदारको आबश्यकता कहाँ कति छ भन्ने यकिन गरेर मात्र बिदेशी कामदार लिन खुला गर्नेछौं’ हमिदीले भने ।
उनका अनुसार यस्तो निर्णय बंगलादेशी कामदारका हकमा पनि लागू हुने छ जोसँग मलेसियाका श्रममन्त्रीले बिहीबारमात्र ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता गरेका थिए ।
उपप्रधानमन्त्री हमिदीले बिदेशी कामदार लिने प्रकृया रोकेर लेभी दर लगायतका बिषयमा पुनःविचार गर्न लागिएको बताए । अहिले सरकारको ध्यान मुलुकभित्र रहेका अबैधानिक कामदारलाई पुनः बैधानिक बनाउने र मलेसियालाई अबैधानिक कामदारमुक्त बनाउनेतिर रहेको उनले बताए ।
पुनःदर्ता कार्यक्रममा सहभागी नहुने अबैधानिक कामदारलाई पक्राउ गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी धरपकड गरिने र उनीहरुलाई आफ्नै मुलुकमा फिर्ता गरिने उनले बताए ।
यो निर्णयसँगै मलेसिया सरकारले अब बिदेशी कामदारका ल्याउन स्वीकृति दिन बन्द गर्ने छ । नेपाली कामदारको बैदेशिक रोजगारीका लागि मुख्य गन्तब्य मानिएको मलेसियाको यो निर्णयले नेपाली कामदारलाई समेत प्रभाव पार्ने छ ।
कति नेपाली जाँदै थिए मलेसिया ?
अघिल्लाो वर्षसम्म मलेसिया नेपाली कामदारको प्रमुख श्रम गन्तब्य थियो । तर, त्यहाँको अार्थिक मन्दी, असुरक्षा, फ्री टिकट र भिसा दिन अानाकानी लगायतका कारण याे वर्ष मलेसिया जाने ३ गुणा घटेका छन् ।
मलेसियाको आर्थिक मन्दी खस्किएका मुद्राको भाऊका कारण मलेसियामा नेपाली कामदार जान खासै इच्छा देखाइरहेका छैनन् । यसैकारण म्यानपावरहरुमा झण्डै १५ हजारको माग अलपत्र बनेको छ ।
पुस महिनामा मलेसियामा ४ हजार ५ सय ६ जना युवा गएका छन् । गत महिना यो संख्या ५ हजार ५ सय ५५ थियो भने अघिल्लो वर्षको पुसमा १७ हजार ६० थियो ।
बितेको वर्षको पहिलो ६ महिनामा मलेसियामा १ लाख १७ हजार ६ सय युवा गएका थिए भने यो वर्ष समीक्षा अवधिमा ३५ हजार ३ सय ३५ युवा मात्रै गएका छन् । साउदी अरेबिया जाने नेपालीको संख्या गत वर्षको तुलनामा बढेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment