२० फागुन, काठमाडाैं । नेपाली कांग्रेसको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी सुजाता कोइरालाले अर्का उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने भएकी छिन् ।
पौडेल र सुजाताबीच तीनबुँदे सहमति भएको छ । लगतै सुजाताकै निवास मण्डिखाटामा बिहीबार बिहान पौडेल र कोइरालाले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
कोइरालाले आफूले पौडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिन् । उनले भनिन्, ‘मेरो कारणले पार्टी संकटमा पर्नु हुँदैन भनेर मैले उम्मेदवारी फिर्ता लिएको छु ।’
के छ पौडेल र सुजाताको सहमति ?
स्रोतका अनुसार पौडेल र सुजाताबीच तीनबुँदे सहमति भएको छ । जसमा पौडेल सभापति भएमा विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने सहमति भएको छ । त्यसैगरी केन्द्रीय कार्यसमितिमा सुजाताले सिफारिस गरेका पाँच केन्द्रीय सदस्य राख्न पौडेल तयार भएका छन् ।
यस्तै आगामी दिनमा सरकारमा कांग्रेसको सहभागिता हुँदा पार्टीको तर्फबाट सुजाताको नेतृत्व हुनुपर्ने तेस्रो शर्त रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
पत्रकार सम्मेलनमा सुजाताले अहिले आफू केन्द्रीय सदस्य मात्र उठ्ने बताएकी छन् । उपसभाति बनाउने सहमतिप्रति संकेत गर्दै उनले भनिन्, भोलिका दिनमा जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास लिएको छु र उहाँले पनि विश्वास लिउनु भएको छ ।’उनले अघि भनिन्, अरु दलहरुमा महिलालाई अघि बढाइएको छ । का्र्रंग्रेसले त्यो गरेन भने भूल हुनेछ ।’
पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार पौडेलले भने सबैलाई समेटेर अघि बढ्ने बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment