१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् ।
क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र उनले पुस्तक पनि निकालिसकेका छन् । उनी पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको लोभलाग्दो प्रगतिका कारण चर्चामा रहन्छन् ।
उनले ८ वर्षको उमेरमै इस्ट लस एन्जलस कलेजमा भर्ना भएका थिए । अमेरिकामा उनी कलेज पढ्ने सबैभन्दा कान्छो विद्यार्थी हुन् । उनले ९ वर्षको उमेरमै स्नातक पास गरे । उनले ९ वर्षकै उमेरमा आफ्नो आत्मकथा लेखेका थिए । उनलाई एउटै मात्र कलेज डिग्रीले पुगेको थिएन । त्यसैले १५ वर्षको उमेरमा गणिततर्फ स्नातक गर्न भर्ना भए । उनी तेस्रो डिग्री हासिल गर्नका लागि समेत यसै वर्षबाट तयारी थाल्दैछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment