२० फागुन, काठमाडौं । भूकम्पमा घर गुमाएका पीडितलाई स्थायी आवासीय भवन बनाउन आजदेखि थाल्ने भनिएको अनुदान रकम वितरण अन्तिम समयमा आएर स्थगित भएको छ ।
बिहीबारदेखि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गर्ने भनेपनि कांग्रेस महाधिवेशनका कारण नसकिएको राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले जनाएको छ ।
आजदेखि दोलखाको सिंगटीबाट रकम वितरण थाल्ने तयारी थियो । तर, त्यसका लागि आवश्यक सर्वपक्षीय राजनीतिक सहमति बनाउनुपर्ने अवस्थामा कांग्रेसका स्थानीय नेता महाविधवेशनमा होमिएपछि स्थगित गर्नुपरेको पूनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
‘हामीले लगभग तयारी सकाएका थियौं । तर, राजनीतिक सहमतिबिना रकम बाँड्न उचित हुँदैन’ अधिकारीले भने-‘कांग्रसका नेताहरु महाधिवेशनमा व्यवस्त हनुभएकाले तत्कालका लागि रकम वितरण रोकेका हौं ।’
रकम नबाँडेपनि आवश्यक तयारीका लागि प्राधिकरणबाट खटिएको एक टोली दोलखा पुगेको छ । टोलीले दोलखामा रकम वितरणका लागि बैंकिङ व्यवस्थापनको काम गर्ने प्रवक्ता अधिककारीले बताए।
‘यो महिनाभित्रै अनुदान वितरण थालिनेछ । त्यसका लागि सबै किसिमका तयारी एक-दुई दिनमै सकिन्छ’ अधिकारीले भने-‘कांग्रेसका नेता गाउा फर्केपछि सबै ठाउँमा राजनीतिक सहमति कायम गरेर वितरण सुरु हुन्छ ।’
त्यसका लागि अन्तिम गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । सरकारले पहिलो किस्ता स्वरुप भूकम्पी पीडित परिवारलाई ५० हजार रुपैयाँ दिने छ ।
सिंगटी गत बैसाख २९ गतेको पराकम्पबाट ठूलो धनजनको क्षति भएको ठाउँ हो ।
दोलखापछि क्रमश सिन्धुपाल्चोकसहित अन्य भूकम्पप्रभावित जिल्लाहरुमा पहिलो किस्ताको रकम वितरण हुने पूनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पूनर्निर्माण प्राधिकरणले १४ वटा अति प्रभावित र १७ वटा समान्य प्रभावित जिल्लामा प्राथमिकताका साथ रकम वितरण गरिने बताएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment