प्रचण्डलाई रिझाउन नसक्दा सिडिओको सरुवा
२०७२ फागुन २० गते ७:१० मा प्रकाशित
२० फागुन, काठमाडौं । करिब डेढ महिनाअघि गारखाको प्रमुख जिल्ला अधिकारी बनेर आएका बलदेव गौतमको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनका सहयोगीलाई रिझाउन नसक्दा सरुवा भएको छ ।
गौतम माघ ६ गते प्रमुख जिल्ला अधिकारी भएर गोरखा गएका थिए । गोरखामा सहसचिवलाई सिडिओ बनाउने निर्णयसँगै गोरखा गएका गौतमलाई गृहमन्त्रालयले सप्तरी पुर्याएको छ ।
स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहाल, उनका सहयोगी र कार्यकर्तालाई रिझाउन नसक्दा उनको यटि छोटो समयमै सरुवा भएको आजको को नागरिक दैनिकमा समाचार छ ।
फागुन १५ गते कार्यकर्ता प्रशिक्षणक्रममा गोरखा गएका दाहालले जिल्लाका प्रशासकले आफूलाई वेवास्ता गरेको गुनाािे गर्दै यसको परिणाम केहि दिनभित्रै देखिने बताएका थिए ।
पार्टी जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा दाहालले सिडिओप्रति लक्षित गर्दै सरकारमा रहेको दलको नेता आउँदा प्रशासकले देखाउने वइवहार गतिलो नभएको बताएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment