१९ फागुन, बीरगञ्ज । गत फागुन १३ गते अाफ्नै नावालिका छोरीको घाँटी थिचेर हत्या गरेको अभियोगमा आमा अनितादेवी बीरगञ्जबाट पक्राउ परेकी छन् ।
रुपाकुमारीको शव फागुन १४ गते हत्या गरी फालिएको अवस्थामा इन्डो अस्पतालको खाली चौरमा भेटिएको थियो ।
वालिका भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले अनितादेवी र उनका दुई श्रीमान्सँग सोधपुछ गर्दा अनिता आँफैले छोरी मारेको स्वीकार गरकी थिइन । उनले अत्याधिक मदिरा सेवन गरी छोरी मारेको बयान प्रहरीलाई दिएकी छन् ।
बाराको कलैया स्थाई घर भइ बीरगञ्ज उपमहानगरपालिका १९ मा चिया पसल गरी बस्ने अनितादेवीले १४ महिनाकी छोरी रुपा कुमारीलाई घाँटी थिचेर मारेर नजिकै चौरमा लगेर फालेपछि, सुताएको स्थानबाट बेपत्ता पारिएको उजुरी प्रहरीलाई दिएकी थिइन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment