२० फागुन, काठमाडौं । वैदेशिक रोजगारीको लागि रूस पठाउने बहानामा ठगी गर्ने बागबजारमा रहेको इमिग्रेन्ट कन्सल्टेन्सीको दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इमिग्रेन्ट कन्सल्टेन्सीका सञ्चालकहरु लमजुङका २२ बर्षीय सुजन लम्साल र पाल्पाका २१ बर्षीय प्रमोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले सञ्चालन गरेको कन्सल्टेन्सीले बैदेशिक रोजगारीको लागि रुस पठाइदिने भन्दै लमजुङ बेशीसहरका बिष्णुहरि अधिकारी र राजेश अधिकारीसंग पाँच पाँच लाख तथा लमजुङकै दुराडाँडाका साधुराम बसेलसंग १ लाख ५० हजारगरि ११ लाख ५० हजार रुपैयाँ लिएर ठगेका थिए ।
पीडितको उजुरीका आधारमा प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरि अनुसन्धान गर्दा ठुलो रकम लिई मेनपावर मार्फत बिदेश पठाउने गरेको खुलेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment