२० फागुन, काठमाडाैं । नेपाली कांग्रेसभित्र कुलबहादुर गुरुङले नेतृत्व गरेको ‘हार्डलाइनर’ समूहले शेरबहादुर देउवा प्यानललाई समर्थन गरेको छ । देउवाको प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा सो समुहका नेताहरु उपस्थित छन् ।
गुरुङ देउवाको प्रस्तावक बनेका छन् । उनले भने, अब कांग्रेसमा कोही संस्थापक कोही प्रजातान्त्रिक छैन ।’
यो समूहमा पूर्व महामन्त्री गुरुङसहित पूर्वसभामुख तारानाथ रानाभाट, गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, विनयध्वज चन्द लगायत नेताहरु छन् । गुरुङलाई यसअघि कांग्रेसले राष्ट्रपति पदको उम्मेदवार समेत बनाएको थियो । उनी विद्या भण्डारीसित पराजित भएका थिए ।
हार्डलाइनर समूहले यसअघि कसैलाई समर्थन नगरी भावी सभापतिले आफ्नो समूहलाई पदाधिकारीमा हिस्सा दिनुपर्ने माग गर्दै आएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment