वाशिंगटन डिसी । गैर सरकारी संस्था कोड फर नेपालले पचहत्तर हजार रुपैयाको पुरस्कार राशी सहितको भिडियो तथा फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको शीर्षक ‘को नेपाली ?’ राखिएको छ । यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा नेपाली हुनु भनेको के हो ? भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।
कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरुबाट सहभागिताको आशा गरेको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ।
प्रतियोगितामा मार्च २५ – अप्रिल २५ २०१६ को समयाबधि भित्र पेश गरिएका भिडियो तथा फोटोहरु मात्र स्वीकार गरिनेछ ल प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु अनलाइन मार्फत संकलन गरिनेछ । प्रतियोगिताका बारे विवरण मार्च महिनाको अन्त्यतिर सार्वजनिक गरिनेछ।
रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् विजेताको चयन मौलिकता तथा फोटो वा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ । घिमिरे भन्छन् हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व र भाव लाइ महत्व दिनेछौ । सिकारु नेपाली फोटोग्राफर तथा भिडियोग्राफरलाइ प्रोत्साहन गर्नुको लागि कार्यक्रम अायोजना गरिएको बताए ।
विजेताहरुको नाम २०१६, जून महिनाको १५ तारिख घोषणा गरिनेछ । भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु २५,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि अमेरिकामा दर्ता गरिएको गैर सरकारी संस्था हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment