वासिङटन–अल कायदाका नेता ओसामा बिन लादेनले मृत्युअघि लेखेका इच्छापत्रमा करिब ३ करोड डलर परिवारको नाममा छोडेको खुलेको छ । लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानको एबोटावादमा मारिएका थिए ।
उक्त कारबाहीका क्रममा बरामद इच्छापत्रसहितका विभिन्न दस्तावेजहरु नेशनल इन्टलिजेन्स निर्देशकको कार्यालयले सार्वजनिक गरेको हो ।
१९९० को दशकमा उनले लेखेको इच्छापत्रमा भनिएको छ, ‘मेरो इच्छाको पालना गर्नू, र यो पैसा जिहादका लागि खर्च गर्नु ।’ लादेनले आफ्नो २ करोड ९० लाख डलरको सम्पत्ति सुडानमा भएको बताएका छन् । तर, यो नगदको रुपमा छ, अन्य रुपमा भने खुलेको छैन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment