Wednesday, March 2, 2016

कांग्रेसमय बन्यो काठमाडौं (फोटो फिचर)

आज कांग्रेसको तेह्रौं महाधिवेशन उदघाटन

२०७२ फागुन २० गते ९:०० मा प्रकाशित

 

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवशेनको तयारी पूरा भएको छ । आजदेखि सुरु हुने महाधिवेशनका क्रममा काठमाडौं सहर चारतारे झण्डाले झकिझकाऊ हुन थालेको छ । महाधिवेशनको उदघाटनस्थल रंगीचंगी बनाइएको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरुले तुल र ब्यानरले रंगी बिरंगी बनाउन थालेका छन् । चुनावी प्रचारका क्रममा फेसबुकका भित्तादेखि सडकका भित्तासम्म प्रयोग भएका छन् । प्रचारमा झण्डा र ब्यानरको प्रयोगमा निकै तडक-भडक देखिन थालेको छ ।_MG_2491 copy

यस्तो छ कार्यक्रम

महाधिवेशनको उदघाटन आज दिउँसो १ बजे खुलामञ्चमा हुनेछ । साथै आजै निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय  निर्धारण गरेको छ ।

_MG_2474 copy

आजै बिहान ८ बजेदेखि अपराहृन ५ बजेसम्मलाई उम्मेद्वारी दर्ताको  समय तय गरिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलि फागुन २१ गते बिहान ११ बजे हुनेछ ।

प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ । त्यसमा दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधका आधारमा निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ २१ गते बेलुका ६ बजेसम्म गरिनेछ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजेदेखि बिहान ११ बजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।

_MG_2542 copy

काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए । मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । उनका अनुसार फागुन २३ गते बिहान ८ बजेदेखि अपराहृन ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ ।

हेर्नुहोस् महाधिवेशनको तयारीका केही तस्वीर

_MG_2531 copy

_MG_2436 copy_MG_2539 copy_MG_2515 copy_MG_2476 copy_MG_2467 copy_MG_2461 copy_MG_2456 copy_MG_2450 copy_MG_2448 copy_MG_2443 copy

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment