१९ फागुन, काठमाडौं । जापानले भूकम्पबाट क्षति भएको पाटन दरबार क्षेत्रको पूनर्निर्माणका लागि सहयोग उपलब्ध गराएको छ । जापानले प्रिजर्भेसन ट्रस्टमार्फत सहयोग गर्न लागेको हो ।
जापानले पुरातात्विक संरचनामा पूनर्निर्माणका लागि ८४ लाख ५० हजार सहयोग गरेको छ । मंगलबार काठमाडौंस्थित जापानी राजदूतावासमा भएको एक कार्याक्रममा सहयोग रकमबारेको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
जापानका तर्फबाट राजदूत मासाशी ओगावा र नेपालकातर्फबाट ट्रस्टका कार्यक्रम निर्देशक रोहितकुमार रञ्जितकारले हस्ताक्षर गरे ।
सहयोग रकम पाटन दरबारक्षेत्रको कुन संचरचना पुनर्निर्माणमा खर्च हुने भन्ने टुंगो नलागेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले अनलाइनखबरलाई जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment