Thursday, March 10, 2016

सैनिकको फूली लगाउने भए सुरज सिंहले

काठमाडौं । निर्देशक एवं अभिनेताको रुपमा चिनिन्छन् सुरज सिंह ठकुरी । तर, उनको पहिलो रुची अभिनय थिएन । सैनिक बन्न असफल भएपछि मात्रै उनी अभिनयमा प्रवेश गरेका थिए ।

‘मेरो हुर्काइ नै आर्मी ब्यारेकवाट भएको हो । दुई पटक क्याडेट फेल भएको मान्छे हुँ ।’ बुधवार राजधानीमा आयोजित कार्यक्रममा सुरज सिंहले भने ।

निर्माणाधिन चलचित्र सयपत्रीमा सैनिकको भूमिका निर्वाह गर्न लागेका सुरज सिंहले रिलमै भएपनि सैनिकको फूली लाउन पाएकोमा खुसी ब्यक्त गरे ।

माला बनाएर निर्देशकको रुपमा स्थापित भएका बब्बी भुपाल सिंहको निर्देशन रहने यो फिल्म रोमान्टिक ड्रामा हुने बताइएको छ । यसमा सुरज सिंहको अतिरिक्त आकंक्षा कार्की र सन्दीप क्षेत्रीको पनि मुख्य भुमिका रहने छ । चेतन सापकोटाको संगीत रहेको यस फिल्ममा सुरजसिंहकै पटकथा रहेको छ ।

sayepattri (1)

sayepattri (8)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कस्तो बन्ला बिनिता बिनाको चपली हाईट

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘चपली हाइट-२ को सुटिङ बिहिवारदेखि सुरु भएको छ । चपली हाइटबाट चर्चामा आएकी नायिका बिनिता बराल भने यसमा देखिने छैनन् ।

ललितपुरको कार्यविनायकबाट चलचित्रको सुटिङ सुरु भएको हो । काठमाडौंका सम्भ्रान्त परिवारको कथामा निर्मित चलचित्रमा आयुष्मान देशराज, मरिष्का पोखरेल, परमीता राज्यलक्ष्मी राणाले मुख्य भुमिका निर्वाह गरेका छन् ।

बिनिताविनाको चपली हाईट कस्तो होला ? निर्देशक खनाल भन्छन्, ‘नाम मात्रै एउटै हो, पहिलो चलचित्र र यसको कथा धेरै फरक छ । यसको कथाले बिनिताको गर्दैन ।’

सुटिङ गर्नुअघि एक महिनाजति निर्माण पक्षले वर्कसप गरेको थियो ।

काठमाडौ र कुसरनटारमा वर्कसप र क्लोजक्याम्प गरेपछि सुटिङ सुरु भएको हो । फिल्म निर्माणमा टेबुलवर्क धेरै गर्ने निर्देशकका रुपमा चिनिन्छन् खनाल । अघिल्लो चलचित्र पशुपति प्रसादको १९ दिनमा सुटिङ सकाएका खनालले चपली हाईट-२ को सुटिङ गर्न कति दिन लगाउलान् ? उनले यसबारे अहिल्यै भन्न नसक्ने बताए ।

‘सकेसम्म चाँडो गरौं भन्ने छ तर, कति दिनमा सकिन्छ थाह छैन ।’ खनालले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

टोरोन्टोमा नेपाली चलचित्र महोत्सवको तयारी

टोरोन्टो । क्यानडाको टोरेन्टोमा आगामी साता नेपाली चलचित्र महोत्सव हुने भएको छ । नेपाली साना चलचित्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले विगतका बर्षहरुमा झै यस बर्ष पनि क्यानडाको टोरोन्टोमा ‘टोरोन्टो नेपाली फिल्म फेस्टिवल’ हुने भएको हो ।

मार्च १९ र २० तारिखमा हुने यो महोत्सव ७ औं संस्करण हो । चलचित्र महोत्सवका लागि  नेपाल, क्यानडा, भारत , बंगलादेश, अमेरिका, फ्रान्स, स्पेन र बेलायतबाट गरी ७५ वटा छोटा चलचित्र र  वृत्तचित्र प्राप्त भएका थिए ।

तर, निर्णायक मण्डलको छनौटअनुसार ११ वटा चलचित्रहरु प्रदर्शन गरिने आयोजक समितिकी कार्यकारी निर्देशक मेरिगोल्ड भण्डारीले जानकारी दिइन् ।
उनकाअनुसार, महोत्सवमा नेपालको भूकम्पसम्बन्धी बहुचर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरु, कास्टवे म्यान, माछाको सपना, छोरा लगायतका वृत्तचित्र तथा छोटा चलचित्रहरु प्रदर्शन हुँदैछन् ।

यसबर्षको महोत्सवको संयोजन ओन्तारियो कलेज अफ आर्टस एण्ड डिजाइन युनिभर्सिटी टोरोन्टोका सुरेन्द्र लावतीले गरेका छन् । लोक गायक बुद्दिसागर बस्यालले आफ्नो नयाँ तथा पुराना लोकप्रिय लोक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

TNFF2
यसैगरी, महोत्सवमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) की कार्यकारी निर्देशक एवं चलचित्रकर्मी रम्यता लिम्बूले नेपालबाट अतिथ्यता ग्रहण गर्दैछिन् ।

नेपाली जनजीबन, कला संस्कृतिलाई क्यानडाका दर्शकहरु समक्ष प्रस्तुत गर्ने उद्देश्यले ७ बर्ष अघि नेपाली युवा स्वयम्सेवकहरुको सक्रियतामा यो महोत्सव सुरु भएको थियो ।

शुरुमा टोरोन्टोमा १ दिन मात्र आयोजना गर्दै आएको महोत्सव गत केही बर्षदेखि २ दिन आयोजना हुँदै आएको छ ।

यस वर्ष पहिलो दिन मार्च १९ मा टोरोन्टोमा र दोश्रो दिन मार्च २० का दिन मिसिसागा नगरीमा पनि आयोजना गरिने भएको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘भत्किँदै किल्लाहरु’ सार्वजनिक

लीला लेखनलाई अगाडि बढाउँदै आएका प्राध्यापक डा. दीनबन्धु शर्माले लेख्नुभएको कथासङ्ग्रह ‘भत्किँदै किल्लाहरु’को बजारमा आएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा ज्ञानु पाण्डे र  लीला लेखनका हस्ती कृष्ण धरावासीले उक्त कथा सङ्ग्रहको संयुक्त रुपमा विमोचन गरे ।  कथासङ्ग्रहमा रामायणका पात्र उर्मिला र शूपर्णखालाई प्रतीक बनाएर कथानक बुनिएको छ ।

समालोचक कुमार कोइरालाले वेदव्यास र वाल्मीकिले ठूला मान्छेको कथा लेखेर संस्कृति र धर्मको प्रचार गरे पनि अब हामीले साना मान्छेको कथा लेखेर उनीहरुको प्रचार गर्नुपर्नेमा जोड दिए ।

‘रामायण’ र ‘महाभारत’मा विजेतालाई मात्रै नायकका रुपमा चित्रण लीला लेखनले लेखनमा पछाडि पारिएका पात्रहरुलाई सतहमा ल्याउँछ र नायक साबित गराउँछ ।

आख्यानकार इन्द्रबहादुर राईले नेपाली साहित्यमा लीला लेखनको प्रारम्भ गर्नुभएको हो । खलनायक बनाइएका, राक्षसीकरण र विद्रुपीकरण गरिएका पात्रका सकारात्मक पक्षलाई प्रकाश पार्ने विधा नै लीला लेखन हो । यो विधा पुराना रचनाको पुनःलेखन पनि हो ।

सङ्ग्रहमा २१ कथा समेटिएका छन् । प्राध्यापन पेसामा सङ्लग्न डा शर्माको यो तेस्रो कृति हो । यसअघि उहाँका ‘सपना र खण्डहरुहरु’ कथासङ्ग्रह र ‘निबन्धको फूलबारी’ निबन्धसङ्ग्रह तथा सयौँ फुटकर कथा र कविता छन् । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नोटमा स्टिच लगाउन नपाइने माग गर्दै सर्वोच्चमा रिट

२७ फागुन, काठमाडौं । नेपाली नोटको बिटोमा स्टिच ठोक्ने चलन बैंकहरुमा सामान्यजस्तै छ । तर, अमेरिकी डलर र भारतीय नोटमा त्यसरी स्टिच लगाउनेलाई कारवाही हुने गरेको दृष्टान्त दिँदै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेल, मनोजकुमार खड्का, कानुनका विद्यार्थी प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ ।

नोटहरुमा स्टिच लगाउने कार्यले नेपालको संविधान २०७२ को धारा २५, २७, २९ (२०), ३०, ३५ र ४४ मा उल्लेख अधिकारको हनन भएको तथा देशको अर्थतन्त्रको सुदृढिकरण, सवलीकरण एवम् वित्तिय अनुशासनमा समेत असर परिरहेको दाबी रिटमा गरिएको छ ।

‘आइन्दा बैंक नोटहरुमा स्टाप्लर गर्ने, नोटमा केरमेट गर्ने तथा जथाभावित च्यात्ने कार्य नगर्नू नगराउनु र त्यसका लागि आवश्यक कानुनी व्यवस्था आवश्यक परेमा सोको समेत व्यवस्था गर्नू भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ सर्बोच्चमा बिहीबार दायर रिटमा लेखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकका साथीलाई रुस पठाइदिन्छु भन्दै ९ लाख ठग्ने पक्राऊ  

२७ फागुन, काठमाडौं । रुस पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शान्तिनगर गाविस १ बस्ने ३२ वर्षीय शुकबहादुर लिम्बु रहेका छन् ।

लिम्बुले सर्लाही घर भइ हाल काठमाडौंको कोटेश्वर बस्दै आएका दिपलाल महतोलाई रुस पठाइदिने भन्दै रकम ठगेका थिए ।

यसरी ठगिए महतो

सुरुमा महतोको फेसबुक साथीको रुपमा दावा ग्याल्बो शेर्पासँग परिचय भएको थियो । शेर्पाले आफू रुसमा भएको र रुस आउने भए ९ लाख रुपैयाँ लाग्छ, राम्रो कमाई पनि हुन्छ भनि प्रलोभन देखाएर लिम्बुसँग सम्पर्क गराइदिएका थिए ।

त्यसपछि महतोले लिम्बुको नाममा पटक-पटक गरी ९ लाख रुपैयाँ आईएमईमार्फत् पठाइदिएका थिए । तर, पछि शेर्पाले फेसबुक बन्द गरी सम्पर्कविहीन भएपछि महतोले आफू ठगिएको थाहा पाएका थिए । त्यसपछि उनले अपराध महाशाखामा निवेदन दिएको आधारमा प्रहरीले खोजी सुरु गरी ठगी कार्यमा संलग्न मध्येका एक लिम्बुलाई झापाबाट पक्राउ गरेको थियो ।

उनलाई झापाबाट पक्राउ गरी काठमाडौं ल्याइ ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकार ढल्छ भन्नेहरुलाई चुनाव जितेर देखाउन प्रधानमन्त्रीको चुनौती

२७ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्ला गर्नेहरुलाई संसदमा चुनाव जितेर देखाउन चुनौती दिएका छन् । आफूलाई कसैले टिका दक्षिणा गरेर प्रधानमन्त्री पद नदिएको भन्दै उनले कसैले इच्छा गर्दैमा सरकार परिवर्तन नहुने बताए ।

एमाले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवर्द्धन अभियानको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले भने-सरकार परिवर्तन कसैले इच्छा गरेर हुँदैन । त्यसका लागि संसदमा भोट जित्नुपर्छ ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री कांग्रेसप्रति लक्षित गर्दै गणतन्त्र ल्याउने भनेर कसैलाई गणतन्त्रका पिता, कसैलाई संविधानका पिता भनेर पगरी गुथाएको तर, नेपालमा गणतन्त्र र जनताको संविधान नेकपा एमालेको अगुवाइमा भएको दाबी गरे ।

उनले झापा बिद्रोह गर्दा नै आफूहरुले राजतन्त्रको उन्मुलन र जनताको संविधान जारी गर्ने लक्ष्य राखेको दाबी गरे । ‘४५ बर्ष अघि हामीले रोपेको गणतन्त्र र जनताले बनाएको संविधानको बीउ बल्ल उपभोग गर्न पाइएको छ’ उनले भनेका छन् ।

झापा बिद्रोह गर्दा देखि नैसमृद्ध नेपालको सपना देखेको भन्दै उनले भने, ‘त्यही आन्दोलनको एउटा योद्धा प्रधानमन्त्री भएको बेला देश समृद्धीको बाटोमा नलगे अरु कसले देशलाई समृद्धीतिर लैजाला त ?’

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको लाइनमा थपिन मात्र पदमा नगएको दाबी गरे । ‘म गाउँमा जन्मेको,गाउंको दुःख बुझेको मान्छे प्रधानमन्त्री छु’ ओलीले भने, ‘त्यस कारण गाउँका बासिन्दाका दुःख हटाउने गरीका कार्यक्रम र योजना ल्याउने कुरामा मेरो प्राथमिकता हुन्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं