Saturday, February 20, 2016

चितवनको तास कसरी बनाउने ? How to make famous Chitwane Taas

1. Get 4 pounds of raw lamb or खसी को मासु , with little bone (चितवन को जस्तो तास को लागि कुखुराको मासु राम्रो मानिदैन )

2.  Add salt, 2 tea spoons जिराको धुलो , 6 tea spoons of meat masala, 5 to 10 sliced green clilies.

3. Add one tea spoon बेसार

4. Add 2 to 5 cups of sliced garlic and ginger ( you can add as much as you want, भुजा वा चिउरा संग हालेर खान को लागि).

5. Mix all well with mustard oil.

6. Keep it for 4,5 hours

7. Get a flat-thick-bottom cooking pot (flat non sticky pan is okay)

8. Heat some oil and add the meat

9 . Cook in low heat, do not add water or anything

10. If the garlic, zinger, and chilies get red, take them out and cook the meat until it gets done


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आजदेखि नवीकरण गर्नेलाई पनि ‘स्मार्ट लाइसेन्स’

६ हजार नयाँ बाँडियो, प्रतिलिपि लिनेले तत्काल नपाउने


९ फागुन, काठमाडौं । तपाईंको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद गुजि्रएको छ ? त्यसो हो भने तपाईंले ‘स्मार्ट लाइसेन्स’ पाउनु हुनेछ

यातायात व्यवस्था विभागले आज आइतबारदेखि काठमाडौंमा नवीकरण हुने लाइसेन्सका लागि पनि स्मार्ट कार्ड वितरण प्रक्रिया सुरु गरेको छ । आजदेखि लागि फारम वितरण सुरु भएको हो ।

यातायात व्यवस्था विभागले बाग्मती अञ्चल कार्यालयमा मंसिरदेखि नयाँ सवारी चलाक अनुमति पत्र लिनेहरुका लागिस्मार्ट लाइसेन्स वितरण थालेको थियो ।

केही दिनअघिदेखि बर्ग थप गर्दा पनि स्मार्ट लाइसेन्स वितरण सुरु गरेको विभागले अब नवीकरण गर्ने चालकलाई पनि स्मार्ट लाइसेन्स नै दिन लागेको हो ।

प्रतिलिपि लिनेलाई पुरानै !

प्राविधिक समस्याका कारण नयाँ चालकलाई मात्र स्मार्ट लाइसेन्स बाँड्नु परेको स्पष्टीकरण दिँदै विभागका प्रवक्ता बसन्त अधिकारीले भने-‘अब चरणबद्ध रुपमा सबै अञ्चलमा स्मार्ट लाइसेन्स दिन सुरु गरिनेछ ।’

तर, विभागले प्रतिलिपी लिनेहरुका लागि अहिले नै नयाँ प्रविधिको लाइसेन्स दिन नसकिने बताएको छ । प्रतिलिपि लिनेहरुका लागि पुरानै प्रविधिको लाइसेन्स वितरण जारी नै रहने भएको छ ।

प्रतिलिपिका रुपमा स्मार्ट लाइसेन्स वितरण थालेपछि झण्डै आधा संख्यका चालकहरुले हराएको दावी गर्ने हुँदा वितरणमा समस्या हुने विभागको भनाइ छ ।

‘तत्काल प्रतिलिपि दिन थालियो भने एकैपटक काठमाडौंमा प्रतिलिपि बनाउने ठूलो भीड लाग्नेछ’ प्रवक्ता अधिकारीले भने-‘सबैलाई एकैपटक स्मार्ट लाइसेन्स जारी गर्न हामी असक्षम छौं । त्यसैले अब एकैसाथ सबै अञ्चलमा स्मार्ट लाइसेन्सको वितरण थालेर प्रतिलिपिको लागि पनि खुला गर्नेछौं ।’

विभागले हालसम्म्म ६ हजार स्मार्ट लाइसेन्स जारी गरिसकेको छ । स्मार्ट कार्ड जारी गर्ने क्रम तीब भएपनि त्यसको अनुगमनका लागि ट्राफिक प्रहरीसँग आवश्यक प्रणाली र उपकरण नहुँदा समस्या भएको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले ट्राफिकलाई लाईसेन्सको नियमनका लागि प्रदान गर्ने उपकरण रक्सौल आइपुगेको बताए । काठमाडौं ल्याउनासाथ ट्राफिकलाई उपकरण हस्तान्तरण गर्ने विभागको योजना छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसका अधिकांश गाविसमा नक्कली परिषद्

आन्दोलनको बाहानामा आर्थिक चलखेल तीब्र

सुभाषप्रसाद साह

९ फागुन, कलैया । बारा जिल्लाको अधिकांश गाविसहरुमा यतिखेतर गाउँ परिषद् गर्ने चटारो परेको छ । विगत ६ महिनाभन्दा बढि तराई मधेसमा आन्दोलन चलेकोले पुष मसान्त भित्र हुनुपर्ने भएपनि जिल्लाका धेरैजसो गाविस र नगरहरुमा गाउँ परिषद् अहिलेसम्म हुन सकेको छैन ।

जिल्ला विकास समितिले गत फागुन ४ गते सचिवहरुको मासिक बैठकमा एकसाता भित्र गाउँ तथा नगरहरुको परिषद् सम्पन्न गर्न निर्देशन दिई सकेको स्थानीय विकास अधिकारी नाराणबहादुर पाण्डेले बताए ।

बारामा ६ नगरपालिका सहित ६८ वटा गाविसहरु छ । मधेस आन्दोलनकै वेला तीन नगरपालिकाहरु कोल्हवी, गढिमाई र निजगढ तथा २७ वटा गाविसहरुले गाउँ परिषद् सम्मन्न गरेको जिविसले जनाएको छ । कलैया, महागढीमाई र सिम्रौनगढ नगरपालिकाको हालसम्म परिषद् हुन सकेको छैन । तर यस अवधिमा भएका र हाल हुँदै गरेका अधिकाशं गाविसका सचिवहरुले खुला रुपमा नभई सदुमुकाम र गोप्य रुपमा परिषद् सम्पन्न गर्ने गरेको आरोप लागेको छ ।

सरोकारवाला, सर्वसाधारण र राजनीतिक दलका प्रतिनिधिहरुको रोहवरमा खुल्ला रुपमा गाउँ परिषद् गर्नुपर्ने भएपनि कागजी रुपमै परिषद् भईरहेको नागरिकको गुनासो छ । मधेसी मोर्चाले आहवान गरेका तराई मधेस बन्दका वेला गाउँ तथा नगर परिषद् गर्न केही असहज भएपनि अहिलो सहज परिस्थिति छ । तर अन्दोलनकै बहाना बनाई कतिपय गाविस सचिवहरुले सदरमुकाम त केहीले गाउँमै गोप्य रुपमा परिषद् गरिरहेको जनगुनासो आईरहेको जिविस स्रोतले जनाएको छ ।

यता स्थानीय विकास अधिकारी पाण्डेका अनुसार केही गाविसहरुमा मधेस आन्दोलनको बढि प्रभाव भएकाले कम सहभागितामा परिषद् भएको हुनसक्ने स्वीकार गर्दै जिविसले सवै सरोकारवालाहरुको अनिवार्य उपस्थिति र कोरम पुर्‍याएर परिषद् गर्न सचिवहरुलाई निर्देशन दिएको बताए ।

तराई मधेसमा चलेको आन्दोलनले समयमा नै गाउँ परिषद् तथा नगरपरिषदहरु हुन नसक्दा जिल्ला परिषद्लाई समेत प्रभाव परेको स्थानीय बिकाश अधिकारी पाण्डेले बताए । फागुनको अन्तिम साता सम्ममा जिल्ला परिषद गरिने पक्कापक्कि भएकाले १५ गतेदेखी ईलाका स्तरीय गोष्ठीहरु सुरु गर्ने उनले बताए ।

गढीमाईमा जताततै फोहर

यसैवीच बिश्व प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल बाराको महागढीमाई नगरपालिकाको बरियारपुर स्थित गढीमाई मन्दिर व्यवस्थापनको अभावमा अस्तव्यस्त बनेको छ ।

gadhimaiमन्दिरको व्यवस्थापनमा नगरपालिका र स्थानीय जनता कोहीपनि सचेत भएको पाइदैन । जुत्ता चप्पल लगाएर मन्दिर प्रबेश गर्ने, मंन्दिरको परिसर भित्र गुट्खा, धूमपान, गाँजा सेवन गर्ने गरेको पुजारी कपिलदेव चौधरीले दुखेसो पोखे ।

गढीमाई पोखरीलाई निर्मल पोखरी भनिन्छ । बाहिरबाट आएका भक्तजनहरुले पोखरीको पानीलाई मन्दिरमा जलको रुपमा प्रयोग गर्छन् । तर स्थानीयबासिन्दाले यसलाई नर्क बनाएर राखेको पुजारी चौधरीले बताए । पोखरीमा कपाडा धुने गरिन्छ जसले गर्दा पानी प्रदुषित बनेको छ

यस्ता कार्यप्रति ट्रस्ट समिती र प्रहरी प्रशासन मुकदर्शक बनेका छन् । मन्दिर व्यवस्थापन समिति र प्रहरी प्रशासनको चरम लापरवाहीले बिश्वमै प्रसिद्ध रहेको यस धार्मिक नगरी फाहोर भएकोमा नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वीरगञ्जबाट दैनिक २० लाख लिटर तेल भित्रिँदै, बजार भने सुक्खै

तेलको सीमा हटाउने निगमको तयारी

९ फागुन, काठमाडौं । बजारमा तेलको ‘सुख्खायाम’ कायमै छ । पम्पहरुमा अझै उपभोक्ताको लामो लाइन छ । धेरैले अझै ब्ल्याककै तेल हालिरहेका छन् ।

तेल आपूर्तिको सम्पूर्ण जिम्मा लिएको नेपाल आयल निगम भने भारतबाट माग बमोजिम तेल नआएका कारण तेलको ‘सुख्खायाम’ नहटेको बताइरहेको छ ।

निगमका अनुसार भारतबाट अहिले दैनिक ३३ लाख लिटर तेल नेपाल भित्रिरहेको छ । यसमा पेट्रोलको परिमाण झण्डै ६ लाख लिटरभन्दा माथि रहेको निगम प्रवक्ता मुकुन्द घिमिरे बताउँछन् ।

भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोले मात्रै दैनिक २० लाख लिटर तेल दिइरहेको छ । अन्य डिपोहरुले १३ लाख लिटरसम्म तेल पाएका छन् ।

घिमिरेका अनुसार ३ दिन अघिसम्म १७ लाख लिटर तेल दिइरहेको रक्सौलले दुईदिन यता बढाएर २० लाख लिटर पुर्‍याएको छ ।रक्सौलबाट दैनिक ३ लाख लिटरसम्म पेट्रोल लोड भएको छ । यस्तै दिनमा ११ लाख लिटर डिजेल वीरगञ्ज भएर भित्रिँदैछ भने हवाइ इन्धन ६ लाख लिटरसम्म आइरहेको छ । यो लोडिङ दर सामान्य अवस्थाको जत्तिकै हो ।

प्रवक्ता घिमिरे भन्छन्, ‘सामान्य अवस्थामा जत्तिकै तेल बजार पठाउन सुरु गरिसक्यौं । साढे चार महिनाको असहज अवस्थाले धेरै सवारीका ट्यांकी रित्ता छन् । त्यसैले अझै अभाव साम्य भएन ।’

बजारमा तलेको माग उच्च भएकाले आपूर्ति सामान्य नभएको घिमिरेको तर्क छ । बजारको माग आयातले थेग्न नसकेको आयल निगम बताउँछ ।

‘तेल आपूर्ति सामान्य बनाउन रक्सौलबाट दिनमा २८ लाख लिटरसम्म तेल लोड हुनुपर्छ । हामीले अपौचारिकरुपमै मागेका पनि हौं,’ प्रवक्ता घिमिरेले भने, ‘वीरगञ्जबाट दैनिक ६ लाख लिटरभन्दा बढी पेट्रोल आएपछि मात्रै समस्या हटेर जानसक्छ । नत्र अझै केही समय लाग्छ ।’

५ लिटरको सीमाले समस्या

आयल निगमले तेलको सीमा राखेसम्म अभाव कायमै रहने निश्कर्ष पनि निकालेको छ ।

अब मोटरसाइकल र स्कुटरलाई ५ लिटर तथा कार जीपलाई १५ लिटर पेट्रोलको सीमा हटाउनेबारे पनि छलफल हुने घिमिरेले बताए ।

‘५ लिटर तेल दिँदा एउटै उपभोक्ता दैनिकजसो लाइनमा आएको महसुस हामीले गरेका छौं । यो सीमा हटाउनेबारे छलफल हुँदैछ ।’ प्रवक्ता घिमिरेले भने ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गजलः तिम्ले साह्रै छोटो जीवन जियौ र त रोएँ

पदम भण्डारी

मेरो मुटु कलेजोमा थियौ र त रोएँ
एकैचोटी ठूलो चोट दियौ र त रोएँ

दिल दुख्दा पनि आशा भरोसामा थिएँ
तर आज फरक बाटो लियौ र त रोएँ

सिन्कीजस्तै भईछौ केको पीर-सुर्ता पऱ्यो
त्यति साह्रै दुब्लाएर खियौ र त रोएँ

के भएर शून्य लाग्यो छिटै टाढा भयौ
तिम्ले साह्रै छोटो जीवन जियौ र त रोएँ

तिम्रो काख घोप्टिएर रोएका दिन सम्झें
जीवनदेखि हारी विष, पियौ र त रोएँ


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘कथामा अल्झिएका प्रेम’ सार्वजनिक

फागुन ८, काठमाडौं । संगीता श्रेष्ठद्वार लिखित ‘कथामा अल्झिएका प्रेम’ पुस्तक शनिबार सार्वजनिक भएको छ ।

कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयको मञ्चबाट लेखिका श्रेष्ठ र पूर्व मिस नेपाल माल्भिका सुब्बाले पुस्तकको विमोचन गरे ।

उनीहरु दुवै टेलिभिजनका सहकर्मी पनि हुन् । श्रेष्ठ १५ महिने छोरीकी आमा हुन् भने सुब्बा केहि दिनमै आमा बन्दै छिन् ।

पुस्तक सार्वजनिक गर्दै माल्भिकाले श्रेष्ठलाई पुस्तक लेखिका बन्दाको अनुभव सोधिन् । श्रेष्ठले भनिन्-‘जन्मिनासाथ छोरीलाई बोक्दा जस्तो अनुभव भएको थियो, आज पुस्तक हातमा हुँदा उस्तै अनुभव भयो ।’

कार्यक्रममा नेपालका शहरी महिला, उनीहरुको मन र कामकाजी जीवनका भोगाइहरुबारे संवाद पनि भयो । पुस्तकका कथाहरुजस्तै प्रेम र त्यसपछि विकास हुने सम्बन्धको बारेमा सहभागीले खुलेरै चर्चा गरे । पुरुष र पतिका विषयमा पनि चर्चा भए ।

पाँच दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्माण गरेकी श्रेष्ठले बीचमा केहि समय श्रृंखलावद्ध टेलिफिल्म ‘कथा प्रेमका’ निर्माण गरेकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शुभेच्छाको मखमली चैतमा

शुभेच्छाको मखमली चैतमा फागुन ७ । चलचित्र बिन्दास–३ प्रदर्शन भैरहेको छ । गत माघ २२ गतेबाट प्रदर्शन सुरु भएको चलचित्र बिन्दास–३ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्र बिन्दास–३ ले हलहरुमा सफलता पाएसगै नायिका शुभेच्छा थापाद्धारा निर्मित चलचित्र मखमली प्रदर्शनको तयारीमा भएको ।

नायिका थापा पनि यति बेला चलचित्र मखमलीको प्रदर्शनको तयारीका लागि व्यस्त रहेकी छन । थापाद्धारा निर्माण गरिएको चलचित्र मखमली आउदो चैत १९ गते प्रदर्शनमा आउन लागेको नायिका थापाले बिजपाटीलाई बताएकी छन । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका छन भने कलाकारहरुमा नायिका शुभेच्छा थापा, अशोक फुयाँल, जीवन गिरी दुर्गेश थापा लगायतले अभिनय गरेका छन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं