११ फागुन, बनेपा । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रमा जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको छ ।
नगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्दा नगरको सौन्दर्य बिग्रनुका साथै खेतीयोग्य जमिन पनि नष्ट भएकाले जग्गा प्लटिङ रोकिएको हो । व्यापारिक प्रयोजनका लागि जथाभावी प्लटिङ गर्दा जग्गाको खण्डीकरण बढेकोले व्यक्तिगत रुपमा कसैले पनि प्लटिङ गर्न नपाउने धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासिनीले बताए ।
‘जथाभावी प्लटिङ हुँदा पूर्वाधार विकासमा समस्या देखिएको छ, सहरीकरणको योजनामा पनि असर पर्छ,’ उनले भने । नगरपालिकाले आगामी दुई वर्षभित्रमा सिटी टाउन प्लानिङ गर्ने तथा नगर यातायात गुरुयोजना तयार गरी सडकको विस्तारमा समेत जोड दिने भएको छ ।
संस्थागत रुपमा जग्गा प्लटिङको अनुमति लिन सक्ने मरासिनीले बताए । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment