काठमाडौं, १० फागुन । धेरैलाई थाहा नहुन सक्छ, तपाई हामीले चिने/जानेको नविना लामा नायिका पनि हुन भन्ने कुरा । बालापनमा उनी अभिनेत्री बन्न चाहन्थिन/त्यस्तै सपना देख्थिन ।
नेकपा एमाले सम्बद्ध बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको २२ औ महाधिवेशनबाट अध्यक्षमा निवार्चित भएकी नबिना लामा फिल्मकी नायिका पनि हुन् ।
उनले ‘म्हेन्दोला माया’ नामक तामाङ चलचित्रमा १२ वर्ष अगाडि नै अभिनय गरेकी थिईन । त्यो पनि शीर्ष भूमिकामा । उक्त चलचित्रमा नविनालाई नायिकाको रुपमा देख्न सकिन्छ । यसबाहेक पनि केहि भिडियोहरुमा समेत उनले अभिनय गरेकी छिन ।
अध्यक्षमा निर्वाचित भएसँगै दैनिक नेपाल डटकमसँग कुराकानी गर्दै उनले भनिन् ‘बाल्यकालमा चलचित्र क्षेत्र सोखको विषय थियो ।’
काभ्रे जिल्लाकी नविनाले सोही जिल्लाका दिपक गौतमलाई हराउदै अध्यक्ष पदमा बाजी मारेकी हुन । अखिलको अध्यक्ष बनेसँगै आफूसँग यसलाई अगाडि बढाउन चारवटा योजना रहेको सुनाइन । ‘तीन महिनासम्म संगठन विस्तार र सृदृढीकरण, तीन महिना प्रशिक्षण र विचारको बहस, रचनात्मक र दबाब अभियान र चौथोमा आर्थिक उपार्जनको अभियानलाई व्यवस्थित ढंगले अगाडि बढाई गुटबन्दीको अन्त्य, समावेशी, सामानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनेछ । ३३ प्रतिशत आरक्षणलाई वढाएर ५० प्रतिशत पु¥याउने योजना हो ।’
जसरी युवा संघमा गुटबन्दीको अन्त्य भएको छ, उसैगरी अखिलमा समेत गुटबन्दी र विवादलाई अन्त्य गर्दै एकढिक्का भएर अगाडि वढ्ने आफ्नो योजना रहेको उनले सुनाइन ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment