Tuesday, February 23, 2016

डा. शेखरको विश्लेषणः कोइरालाहरुले हतार गर्नुहुँदैन

११ फागुन, काठमाडौं । हालसम्म रामचन्द्र पौडेललाई वैचारिक समर्थन गर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला आशन्न महाधिवेशनमा महामन्त्रीका दाबेदार हुन् ।

सिंहदरबारको पूर्वी गेटकै छेउमा रहेको डा. कोइरालाको सम्पर्क कार्यालयमा यतिबेला भीडभाड बढेको छ । सोही भीडभाडका वीच उनीसँग रोचक कुराकानी गरिएको छ । 

मोरङबाट सांसदसमेत रहेका राजनीतिज्ञ डा. शेखरले कांग्रेसभित्रको ६०/४० को भागवण्डा गलत भएको बताएका छन् । यद्यपि यसपालि त्यो भागवण्डा केही हदसम्म ब्रेक भएको उनको दाबी छ ।  

सुशीलको निधन हुनासाथ कोइराला परिवारले सभापतिका लागि हतार गर्न नहुने डा. शेखरको तर्क छ । साथै उनले यसपालिको महाधिवेशनमा मधेसका ८ जिल्लाको मत निर्णायक हुन सक्ने विश्लेषणसमेत सुनाए ।

shekhar koirala
सुशील कोइरालाको निधनपछि अब कांग्रेस संस्थापन पक्षको नेता को हो ? रामचन्द्र पौडेल नै भइसके कि अझै खोजी चलिरहेको छ ?

के हो संस्थापन पक्ष भन्ने नै म सोध्दैछु तपाईंलाई । यो ४०/६० को भागवण्डाले कांगेस भएर पनि बाँच्न नपाउने अवस्था आएको छ । ४० वालामा जान सकिँदैन, ६० ले अटाउँदैनन् । या त कांग्रेस छोड्नुपर्‍यो, या लडिरहनुपर्‍यो ।

तर, यसपटक जिल्ला अधिवेशन वा क्षेत्रसम्म महाधिवेशन प्रतिनिधिहरु मिसमास भएर आएका छन् । र, ४०/६० ब्रेक भएर आएको छ । यो राम्रो हो ।

कांग्रेसमा ६०/४० छ भन्ने त मान्नुहुन्छ नि ?

केन्द्र मा त छ ।

हो त्यही ६० को नेता को हो भनेको ?

अहिले भन्दा म त रामचन्द्रजीलाई नै भन्छु । ६० को नेता कुरा गरेको । कांग्रेसको नेता पनि हुनुभा’छ । ४० को नेता शेरबहादुरजी हुनुहुन्छ । भोलि ६० को बन्नुहुन्छ कि बन्नुहुन्न, भोलिको कुरा हो ।

तपाईले कसरी सोधिरहनु भएको छ भने तैंले कसलाई भोट दिन्छन् भनेर । यसरी सोध्ने हो भने मैले त सुशील’दा हुँदा नै रामचन्द्रजी नै उम्मेदवार हुनुपर्छ भनेको हो । तर, अहिले तपाईले सोधेको हिसावले ६० को कुरा गर्ने हो भने चारजना उम्मेद्वार हुनुहुन्छ । म उम्मेदवार होइन । अब चारजना मध्ये को ‘बेटर’ भन्दा चुन्ने आफ्नो अधिकारमा जान्छ ।

संस्थापन पक्षका चारै जनामध्ये तपाईको समर्थन रामचन्द्रलाई हो ?

यसपटक शेबरहादुर र रामचन्द्रजीका लागि अन्तिम अवसर हो । अरु त १४ औं महाधिवेशनमा पनि उम्मेदवार हुन सक्नुहुन्छ ।

हामीले जान्न चाहेको के हो भने सुशीलको निधनपछि कोइराला परिवारबाट तीनजना नेता (तपाई, सुजाता र शशांक) हुनुहुन्छ । तपाई र शशांकको सभापतिमा दाबेदारी देखिएन । सुजाताजीले सभापतिमा लड्छु भन्नुभएको छ । रामचन्द्रलाई सभापति बनाएर कोइराला परिवारबाट तपाईहरुमध्ये एकजना महामन्त्री हुने सम्भावना कत्तिको छ ?

त्यस्तो पनि होइन । अब ‘लिगेसी’को कुरा गर्न खोज्नुभएको जस्तो लाग्यो । म लिगेसीमा विश्वास नै गर्दिनँ । म कर्ममा विश्वास गर्छु । र, म पनि महामन्त्रीको प्रत्यासी हो । तर, मैले अघि भनेँ नि ६० मा म नअटाउन पनि सक्छु । ४० मा अटाउँला तर, म अहिले जान्नँ । त्यसपछि म के गर्छु, म निर्णय गर्छु ।

तपाईले ४० मा नजाने भन्नु भो, यो कुनै राजनीतिक-वैचारिक अडानका आधारमा हो कि अरु नै केही ?

शेरबहादुरजी र रामचन्द्रजीमा को राम्रो भन्दा खराब त कोही छैन । कांग्रेसमा शेरबहादुरजीको पनि योगदान छ । उहाँले डण्डा खानुभएको छ, जेल जानुभएको छ । रामचन्द्रजीले पनि जेल जानुभएको छ । उहाँहरु दुबै खराब होइन । र, यो नै राम्रो हो भनेर ठोकुवा गर्ने अवस्था छैन ।

फेरि म लिगेसीमा विश्वास गर्दिँन । यहाँ रामचन्द्र र शेरबहादुरजी दुबैले लिगेसीलाई पनि हामी जोड दिइरहनुभएको छ । त्यसैले भोलि के हुन्छ म भन्न सक्दिनँ ।

तर, एउटा कुरा के क्लियर हो भने हामी कोइरालाहरुले हतार गर्नुहुँदैन, वी हृयाभ टु अण्डरस्ट्याण्ड । नम्बर दुई, हामीले काम गरिराख्यौं भने नेपाली कांग्रेसको मियो बनेर पनि बस्न सक्छौं, सभापति नै हुनुपर्छ भन्ने छैन । गणेशमानजी हुनुभो त सभापति ? मियो भएर बस्नु पनि महत्वपूर्ण हो ।

कोइरालाहरुले हतार गर्नहुन्न भन्नु भो, किन नि ?

बिकाउज सुशील’दा डाइड । सुशीद दा हुनुहुन्न, त्यसैले हामीले जम्प गर्नुपर्छ भन्ने होइन ।

समय छ भनेको हो । हामीसँग समय छ । हामी जनतासँग र नेपाली कांग्रेसका साथीहरुसँग अझ भिज्नुपर्छ । म त भिजेको छैन । जति मैले घुमेँ, त्यतिले पुग्दैन । यसको अर्थ फेरि हामी सक्षम छैनौं भन्ने होइन ।

उसोभए अब ६० भित्र रहेका नेताहरु कसरी व्यवस्थापन गर्ने त ? विधान संशोधन गरेर ?

म यसको खिलाफमा छु । विधान संशोधनका केका लागि ? व्यक्तिलाई ‘एडजस्ट’ गर्न कांग्रेसको विधान बनाउनु हुँदैन । आज मात्र होइन, मैले यो धेरै पहिलेदेखि नै भनिरहेको छु ।

यहाँ महत्वपूर्ण कुरा के छ भने हामी प्रादेशिक संरचनामा गएका छौं । हामीलाई अब प्रदेश हेर्ने व्यक्तिहरु चाहियो । पार्टी सभापतिले नै सबै कुरा गर्नुहुन्छ भनेर सोच्नु गलत हुन्छ । तर, हामी यसमा चुक्यौं । प्रदेशको संरचना पनि बनाउन सकेनौं । प्रदेश प्रमुख बनाउन सकिन्थ्यो । हामीले गल्ती गर्‍यौं । सबैको दिमागमा उपसभापति तीनवटा बनाऔं भन्ने हो । म त भन्छु, महामन्त्री एउटै हुनुपर्छ । सचिव दुईवटा बनाऔं । पिरामिड शैलीमा जानुपर्छ ।

नेपाली कांग्रेसको यो महाधिवेशनमा मधेस फ्याक्टरले कतिको काम गर्छ ?

नीति तथा कार्यक्रममाथि छलफल हुँदा मधेसको मुद्दा जल्दोबल्दो तरिकाले आउँछ । तपाईंले दुई नम्बर प्रदेशका ८ जिल्लाको मात्र हेर्नु भो भने ५६० जना प्रतिनिधि छन् । मलाई के लागिरहेको छ भने निणर्ायक भोट मधेेसको हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment