रामचन्द्र नेपाल
११ फागुन, क्वालालम्पुर । रोजगारीका लागि मलेसिया आएका एक नेपाली युवा आफ्नै दिसा समेत स्याहार गर्न नसक्ने भएर फर्किएका छन् ।
सुखड चार कैलाली घर भई पेनागमा कार्यरत ललित साउद बिरामी शरीर लिएर मंगलबार नेपाल फर्किएका हुन् ।
चार वर्षअगाडि रोजगारीका लागि मलेसिया आएका साउद केही समयदेखि अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए । गएको २९ जनवरीमा मोटरसाइकल र ट्रक ठोक्किँदा ट्रकको बाहिर काम गरिरहेका साउद दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेका साउदलाई तत्कालै पेनाग अस्पतालमा उपचार गराइएको थियो । तर, नराम्रोसँग दुर्घटनामा परेका कारण उनको शरीरको बायाँ भाग र पेटमा गम्भीर असर परेको छ । साथै, दुवै हात समेत राम्ररी चलाउन मिल्दैन । करिब एक हप्ता अस्पतालमा उपचार गराएका साउदलाई पेनागका व्यापारी अर्जुन कार्कीले सहयोग गरेका थिए ।
पेटमा गम्भीर असर परेकाले उनले साह्रो खानेकुरा खान मिल्दैन भने दुवै हात नचल्ने भएकाले खान समेत अरुको सहायता चाहिन्छ । दिसा गर्नलाई सजिलो होस् भनेर शरीरभित्र नौवटा प्लास्टिकका पाइपजस्तो राखिएको र दिसा भरिएपछि आफैँबाहिर निस्कने गरेको साउद बताउँछन् ।
आठवटा पाइप बाहिर निस्केको र एउटा मात्र भित्र रहेको सोमबारको भेटमा उनले बताए । दिसा पाइपमा भरिएर बाहिर निस्कने बेला फालिदिने कोही नहुँदा शरीरमा लतपत्तिने गरेको छ । ‘जसोतसो घर र्फकंदै छु, अब नेपालमा परिवारले हेरविचार गर्लान् नि,’ र्फकनुअघि उनले भने ।
साउदको परिवारमा श्रीमती दुई छोरा र एक छोरी रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment