कपिल ज्ञवाली
११ फागुन, बुटवल । तिनाउ नदी किनारमा मृत भेटिएकी जिम्निष्टी टण्डनको परिवारले उनको हत्या भएको दाबी गरेको छ ।
परिवारको किटनी जाहेरीका आधारमा जिम्निष्टीकी प्रेमी सन्दिप बस्नेतलार्इ पक्राउ परेका छन् । तर, प्रहरीले थप खुलाएको छैन ।
मृतककी बुबा इमानसिंहले घटना रहस्यमय भएको भन्दै अनुसन्धान छिटो गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे । फागुन ४ गते छोरी लस भइन्, म एकदमै दुःखुी छु’ उनले भने, प्रहरीले शुरुमा हामीले दिएको किटानी जाहेरीलाई किन संशोधन गर्न भन्यो ?’
अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले इलाका प्रहरी कार्यालय बुटवलमा आएर घरवारजनलाई किटानी नदिन र संशोधन गरेर दिन भनेको उनको आरोप छ ।
परिवारजनको फागुन ५ गते दिएको किटानीकै आधारमा दाङ जिल्ला मानपुर ७ बस्ने बर्ष २१ का सन्दिप बस्नेत पक्राउ परेका छन् । उनी अहिले पाल्पा प्रहरीको नियन्त्रणमा छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले भने-‘अनुसन्धान भएको छ । भुगोलको हिसाबले घटनास्थल पाल्पा जिल्लामा परेकाले सबै काम पाल्पा प्रहरीले गरिरहेको छ ।’
जिम्निष्टीको शवको फागुन ६ गते परिक्षण भएपनि अहिलेसम्म पोष्टमार्टम रिर्पाेट सार्वजनिक गरिएको छैन । परिवारजनले पशुपति आर्यघाटमा मृतक टण्डनको दाहसंस्कार गरिसकेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment