मुम्बई ।प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको अन्तिम दिन आज उनको सम्मानमा नेपाली अभिनेत्री मनिषा कोइरालाको अग्रसरतामा मुम्बईको तत्वावधानमा भएको पार्टीमा भारतीय सिनेकर्मीहरुले प्रधानमन्त्री केपी ओलीलाई स्वागत गरेका छन्।
भारत स्थित बम्बै कलाकार समाजले प्रधानमन्त्री ओलीको सम्मानमा मुम्बईको हयात रिजेन्सी होटलमा आयोजना गरेको कार्यक्रममा भारतीय सिनेकर्मिहरु गोविन्दा, जीतेन्द्र, गुलसन ग्रोवर, निर्देशक सुभास घई, गायक उदित नारायण झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्रीले ओलीले गोविन्दालाई ज्वाईं साफ यहाँलाई स्वागत छ भनेपछि बलिउड कलाकर्मीहरु उत्साहित भएका थिए ।
भक्तपुरकी नेपाली चेली संग गोविन्दाको विवाह भएकोले ओलीले उनलाई ज्वाई भनेका हुन् ।प्रधानमन्त्री ओलीले फिल्म सुटिंग गर्न नेपाल आउन आग्रह गर्दै कलाकारहरुलाई हौसाएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment