Wednesday, February 24, 2016

तारा एयर दूर्घटना : एनिभर्सरी मनाउने घरमा शोक मनाउनुपर्ने भयो

काठमाडौं – बुधबार बिहान तारा एयरको विमान दुर्घटना हुँदा सिनियर क्यापटेन रोशन मानन्धरले जहाज उडाएका थिए । सोमबार उनले काठमाडौंबाट जहाज उडाएर पोखरा पुगेका थिए । एक दिन त्यही बसेर बुधबार बिहानै उनी पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेका थिए ।

बिहान ७ बजेर ५० मिनेटमा उडेको विमान केही मिनेटमा नै सम्पर्क विच्छेद भयो । प्लेन आफ्नो गन्तव्य पुग्न सकेन । केही घण्टाको खोजी पश्चात १ बजेर २५ मिनेट जाँदा म्याग्दीको सोली घोप्टेमा प्लेन दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।

विमान हराएको सूचना संचार माध्यममा आएलगत्तै यता, राजधानीको डल्लुस्थित क्याप्टेन मानन्धरको घरमा अन्यौलता र शोकमा डुबेको थियो । घर बाहिर आफन्तहरुको भीड लागेको थियो । राटोपाटी टीम घर भित्र गएर कम्पाउण्डमा रहेको चौरमा उभियौं । कसलाई, कसरी, के सोध्ने भन्दै अलमलमा थियौं ।

केहीबेरपछि मानन्धरकी जेठी छोरी रोपुमा मानन्धर हामी भएकै तिर आइन् । हामीलाई के प्रश्न गर्ने भनेर सोच्दै थियौं, तर उनी आफैले सोधिन्, ‘तपाईंहरुले मिडियाबाट हो ?’ हामीले ‘हो’ मात्र भन्यौं ।

उनले फेरि सोधिन्, ‘केही नयाँ खबर छ, बुवाको बारेमा ?’

‘त्यस्तो त केही छैन,’ हामीले जवाफ दियौं ।

उनले फेरि भनिन्, ‘हाम्रो बुवा लापरवाह हुनुहुन्थेन । १२ वर्षदेखि सिनियर पाइलटका रुपमा यति एयरलाइन्समा आबद्ध हुनुहुन्थ्यो । कसरी दुर्घटना भयो म आफै अचम्ममा परिरहेको छु ।’

क्यापटेन रोशन मानन्धर जोमसोमबाट फर्किएर आफ्नो विवाहको एनिभर्सरी मनाउने तयारीमा थिए । तर, उनको यो सपना आकाशमै हरायो । एनिभर्सरी मनाउने घरमा शोक मनाउनुपर्ने भयो ।

विसं २०१८ सालमा जन्मिएका मानन्धरले त्रिचन्द्र क्याम्पसबाट आइएस्सी सिध्याएर क्यानाडामा पाइलट पढ्न गएका थिए । छोरी रोपुमाका अनुसार २०४२ सालमा उनी त्यहाँबाट फर्केर २०४४ सालमा नेपाल एयरलाइन्समा काम गरे । त्यसपछि लुम्बिनी एयरलाइन्स हुँदै यति एयरलाइन्समा १२ वर्ष बिताए ।
उनका श्रीमती र ३ छोराछोरी रहेका छन् । जेठी छोरी रोपुमा, माइली उपमा र छोरा ऋषि रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment