आफ्नो घरलाई चोरडाँकाहरुबाट सुरक्षित राख्ने चाहना कसलाई हुँदैन र ? तर सुरक्षाको पनि एउटा हद हुन्छ नी । चीनमा एकजना घरमालिकले चोरबाट बचाउन भन्दै आफ्नो घरलाई एउटा स्टिलको पिँजडामा कैद गरेका छन् ।
क्रेजिएस्ट एन्टी थेप्ट हाउस नामले चर्चित भएको छ त्यो घर आजकल । घर वरीपरी पूरै स्टिलका २ सेमी मोटा रडले ढाकिएको छ ।
यद्यपि यो एकतले घर सुविधासम्पन्न ठाउँमा बनेको छ र सो इलाकामा चेारडाँकाको खासै डर छैन । तर नाम गोप्य राखिएका ती घरमालिकलाई के को डर लागेको हो कुन्नी ? घरलाई स्टिलका रडले छोपिहाले ।
शानडोंग प्रान्तको यन्ताइ सहरको यो घर सोसल साइटमा भाइरल नै बनेको छ । यो घरको फोटो अपलोड गर्दै इन्टरनेट प्रयोगकर्ताले चोरहरुलाई चुनौति दिइरहेका छन् । कतिले पोल डान्सरलाई आफ्नो कला देखाउने उत्तम ठाउँ भनेका छन् त कतिले ढोका स्टिलका रड राख्न भुलेको भन्दै खिसिट्युरी गरेका छन् । हेरौँ यो घरका केही रोचक फोटोहरु
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment