Wednesday, February 24, 2016

अग्निको अर्को ‘अग्निकाण्ड’, यसरी भयो हल्लीखल्ली  

काठमाडौं, १३ फागुन । वनमन्त्री तथा एमाओवादीका नेता अग्नि सापकोटाले आफ्ना पूराना निजी सहयोगीलाई राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका सदस्यमा नियुक्त गरेका छन् ।

सिन्धुपाल्चोक जिल्ला कदमदास– ३ स्थायी घर भएका सापकोटाका पूर्व सहयोगी विदुर भारतीलाई राज्यमन्त्री सरह सेवासुविधा पाउने गरी फागुन ६ गते नियुक्त गरिएको हो । मन्त्री सापकोटाले भारतीलाई चुरे संरक्षण विकास समितिमा नियुक्ति गरिएको पत्र फागुन १० गते उपलब्ध गराइ सकेका छन् ।

एमाओवादीमा लागेर पार्टीलाई ठूलो योगदान दिएका नेता तथा कार्यकर्तालाई अवमूल्यन गरी मन्त्री सापकोटाले आफ्ना पूर्व सहयोगीलाई राज्यमन्त्री सरहको सेवासुविधा दिइ राजनीतिक नियुक्ति दिएपछि विरोध सुरू भएको छ ।

एमाओवादीको पार्टी मुख्लायमा आफ्ना सहयोगीलाई राजनीतिक नियुक्ति दिएर मन्त्री सापकोटाले ‘अग्निकाण्ड’ गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल समक्ष उजुरी दिएको स्रोतले जनाएको छ ।

भारतको कार्यकाल पाँच वर्षका लागि हुनेछ । वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदय चन्द्र ठाकुरले हस्ताक्षर गरेको नियुक्ति पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई पनि दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment