Wednesday, February 24, 2016

भुजमा प्रधानमन्त्रीको स्वागतमा चार कुने नेपाली झन्डा !

फाल्गुन १२, २०७२- भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि भुजमा नेपाली राष्ट्रिय झन्डाको जथाभावी प्रयोग गरिएको छ ।

विमानस्थलदेखि भुजको रिसोर्टमा भूकम्पपछिको पुर्ननिर्माणको प्रस्तुतिमा सहभागी हुन प्रधानमन्त्री ओली मंगलबार दिउँसो जाने क्रममा बाटोमा उनको स्वागतमा चार कुने नेपाली राष्ट्रिय झन्डा प्रयोग गरिएको थियो ।

विश्वकै अलग विशेषता रहेको एकमात्र त्रिकोणाकार झन्डा नेपालको हो । तर, भुजमा ओलीको स्वागतमा सडकका पोलमा राखिएका करिब १ दर्जन झन्डा चारकुने थिए ।

यसबारे नेपाली प्रमण्डलका सहभागीले सरोकार समेत व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीको स्वागतमा जम्मा भएका विद्यार्थीहरुले भने त्रिकोणाकार झन्डा नै लिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment