Wednesday, February 24, 2016

भारतबाट फर्किएर प्रधनमन्त्री ओलीले भने- सुस्ता र कालापानीबारे छलफल गरेँ

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा सुस्ता र कालापानीबारे छलफल भएको बताएका छन् । साथै उनले यसबारे आगामी दिनमा टुङ्गोमा पुग्न भारत सकारात्मक रहेको बताए ।

छ दिने भारत भ्रमण पुरा गरेका बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने-‘कालापानी, सुस्ता जस्ता कतिपय पहिला चर्चा भएका तर नसल्टिएका विषय पनिमा पनि छलफल भएको छ र अगामी दिनेमा टुग्याउने सम्वन्धमा भारतको सकारात्मक दृष्टिकोण छ ।’

सीमासहित बनाएको बाँध लगायतका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुसँग छलफल भएको उनले बताए । भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल भारतको परस्परको सम्मान, हित र मित्रताका आवश्यकता र व्यवहारिक रुपमा कसरी अगाडि लान सकिन्छ भनेर छलफल गरेको उनले बताए ।

उनले अघि भने-भारत भ्रमण सफल भएको छ । कतिपय कारणले सम्वन्धमा तुसारो परेजस्तो देखिए पनि अब त्यस्तो हुने छैन भन्ने मैले ठानेको छु ।’

दुई देशका बीचमा देखिएको अनावश्यक असमझदारीलाई हटाउनु आफ्नो भ्रमणको उद्देश्य भएको र आफ्नो टोलीले त्यही प्रयास गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा बनेको संविधानको भारतले स्वागत गरेको र उसलाई महत्वपूर्ण उपलब्धी भनेको बताए । सीमांकन विवाद सुल्झाउन उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनाइएको संयन्त्रबारे समेत छलफल भएको बताए ।

संयन्त्रलाई छिट्टै पूर्णता दिइने भन्दै उनले भने, ‘असन्तुष्टिलाई वार्ता र सम्वादका माध्यामबाट समाधन गर्न सकिन्छ र गर्नुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment