Wednesday, February 24, 2016

नेपाल ल्यान्ड भएदेखि उनीहरुकै कन्ट्रोलमा जहाज…

फाल्गुन १२, २०७२- बुधबार बिहान म्याग्दीमा दुर्घटनाग्रस्त भएको तारा एयरको विमान ९ एन–एएचएच असोज ९ गते नेपाल ल्यान्ड गरेदेखि नै क्याप्टेन रोशन मानन्धर तथा को–पाइलट डिकेस नेमकुलले मात्र उडाउँदै आएका थिए ।

तारा एयरको स्थापनाकालदेखि नै आवद्ध रहेका वरिष्ठ पाइलट रोशन तारा एयरका ‘डेजिक्नेटेड चेक पाइलट’ तथा प्रशिक्षक पाइलट समेत हुन् । आज म्याग्दीको सोलीघोप्टे भीरमा दुर्घटना भएको ट्विनअटर विमानलाई पनि उनैले क्यानडादेखि उडाएर ल्याएका थिए ।

डिकेस भने सन् २०१४ जुलाईदेखि तारा एयरमा आवद्ध भएका थिए । उनले तारामा आवद्ध भएदेखि नै यही विमान मात्र उडाएकाे तारा एयरले जानकारी दिएकाे छ । दक्षिण अफ्रिकाको जोहनासवर्गस्थित फ्लाइट ट्रेनिङ सर्भिसेसबाट विमान उडाउने प्रशिक्षण लिएका उनको २ सय १० घन्टाको ट्रेनिङ आवर छ । जसमा उनले १० घन्टा अहिले दुर्घटनाभएको विमानमै प्रशिक्षण लिएका थिए । उनलाई क्याप्टेन मानन्धरले नै तारा एयरको विमान उडाउने ट्रेनिङ दिएकाे तारा एयर स्रोतले बताएकाे छ ।

डिकेसले सोही विमान ७ सय ६० घण्टा उडाएको रेकर्ड तारा एयरसँग छ । क्याप्टेन मानन्धरको कुल फ्लाइङ आवर भने २० हजार १ सय ८ घण्टाको रहेको छ ।

दक्षिण अफ्रिकामा हुँदा डिकेससँगै अध्ययन गरेका पाइलट स्वछन्द घलेका अनुसार उनी साह्रै मिहेनती र कुशल चालक थिए । ‘अनुभवी क्याप्टेन र कुशल को–पाइलटले उडाएको प्लेन दुर्घटना किन हुन पुग्यो भनेर म आफंै अचम्मित छु,’ उनले भने, ‘दुर्घटनाको कारण त इन्भेस्टिगेसन पछि थाह होला । तर हामीले राम्रा विमानचालकहरू गुमायौं ।’

घलेका अनुसार डिकेस घरका एक्लो छोरा हुन् । उनी हाल आफ्नी आमासँग पाटन ढोकास्थित घरमा बस्दै आइरहेका थिए । उनको दुई दिदी र एक बहिनी छन् । उनको बुवाको भने उनी दक्षिण अफ्रिकामा अध्ययनरत रहँदै निधन भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment