Wednesday, February 24, 2016

कांग्रेस बैठकमा आज पनि विधान संशोधन प्रस्ताव पेश नहुने

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज पनि विधान संशोधनको प्रस्ताव पेश नहुने भएको छ ।

Congress-Flagकांग्रेस केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । तर, आजको बैठकमा नीति तथा कार्यक्रममाथि मात्र छलफल हुने प्रवक्ता दिलेन्द्र बडूले अनलाइनखबरलाई जानकारी दिए ।

कांग्रेसको मंगलबारको बैठकमा नै विधान संशोधनको प्रस्ताव आउने अपेक्षा गरिएको थियो । तर, विधान संशोधन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना गृहजिल्ला धनुषाको क्षेत्र र जिल्ला अधिवेशनमा व्यस्त रहेका कारण पेश हुन सकेन ।

धनुषामा रहेका ढुंगानाले क्षेत्रको चुनाव नसकेसम्म काठमाडौं आउने अवस्था नरहेको बताए । एक क्षेत्रमा भोलि र केहीमा १५/१६ गते मात्र अधिवेशन हुने सम्भावना छ ।

ढुंगानाको अनुपस्थितिमा अन्य सदस्यले विधान संशोधनको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी पनि भएको थियो । ढुंगाना त्यसमा सकारात्मक भएपछि प्रवक्ता एवं समितिका सदस्य बडूले बिहीबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई भेटेका थिए ।

तर, थप छलफल गरेर मात्र गर्ने भन्दै बिहीबारको बैठकमा विधान संशोधन प्रस्ताव पेश नगर्ने समझदारी भएको छ ।

विधान संशोधनमा भएको अन्योलले सभापतिको उम्मेदवारी दिने तयारीमा रहेकाहरुलाई अप्ठ्यारो भएको छ ।

विधान संशोधन गरेर पदाधिकारी बढाउनेबारे संस्थापन र देउवा पक्षबीच पनि विवाद रहेको छ । संसथापन पक्षले तीन उपसभापति राख्ने र कोषध्यक्षको सट्टा वरिष्ठ उपसभापतिको चुनाव गर्ने प्रस्ताव राखेको छ । यस अनुसार पदाधिकारीमा सभापति, तीन उपसभापति, दुई महामन्त्री, कोषध्यक्ष र सहमहामन्त्री रहेछन् ।

निर्वाचन भने सभापति, वरिष्ठ उपसभापति र एक महामन्त्रीको हुनेछ भने बाँकी मनोनित हरनेछन् । यसरी पदाधिकारी बढाउन सके नेता व्यवस्थापन गर्न सहज हुने संस्थापन पक्षको बुझाइ छ ।

तर, वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने पदाधिकारी बढाउने प्रस्तावको विपक्षमा छन् । केन्द्रीय समितिबाटै यो प्रस्ताव असफल पार्ने र संस्थापन पक्षले बहुमतको बलमा अघि बढाए महाधिवेशनबाट रोक्ने देउवा समूहका एक नेताले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment