Wednesday, February 24, 2016

नेपाली कांग्रेसको सभापति चुनावमा भारत न्युट्रल बस्ने

विजय केसी । नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा सभापति र पदाधिकारी चुनावमा लड्नेहरुको दौडधुप तीब्र भएको छ ।

यसपाली शुशील कोइरालाको निधन नभएको भए पनि संस्थापन पक्ष र कोइराला परिवारमा सर्व सम्मतिले सभापति र अन्य पदाधिकारी विवाद टुंग्याउन सहज थिएन ।

रामचन्द्र पौडेल, सुजाता कोइराला र कृष्ण सिटौलाले सभापतिमा उठ्ने दावी सार्वजनिक गरिसकेका थिए । प्रकाशमान सिंह र रामशरण महतको पनि चर्चा शुरु भैसकेको थियो ।

शुशील कोइरालाको निधन पछि संस्थापन पक्ष भित्र नेतृत्वको लागि प्रतिस्पर्दा तीब्र भएको छ । निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको सामान्य वहुमत संस्थापन पक्षको भएको अनुमान गरिंदैछ ।

तर यो धेरै अन्तरको वहुमत नभएको र स्वतन्त्र खालका नयाँ मानिसहरु पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको हुनाले तथा गुट उपगुटहरुको समीकरण नयाँ वन्न सक्ने सम्भावना भएको हुनाले सभापतिमा को जित्छ भन्ने अहिल्यै भन्न नसकिने कांग्रेस नेताहरु वताउँछन् ।

पौडेलले पदाधिकारी संख्या थपेर संस्थापन पक्षलाई एक धिक्का वनाउन सके भने उनको विजयको सम्भावना रहनेछ । तर देउवा पक्षले यसो हुन नदिने अधिकतम प्रयत्न गर्नेछ ।

साथै पदाधिकारी थपिहाले पनि सिटौला र प्रकाशमानले उपसभापतिमा चित्त बुझाउला वा नबुझाउला भन्ने निश्चित छैन ।

महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिए भने जित्ने सम्भावना वढेको कयौं कांग्रेस नेताहरु स्वीकार गर्छन् । यसले सवै सभापति उम्मेदवारहरुको समीकरणमा प्रभाव पार्नेछ ।

सिटौलाले पहिलो चुनावमा संस्थापन पक्षवाट दुई जना उम्मेदवार भएपनि देउवाले पचास प्रतिशत भोट ल्याउन नसक्ने र संस्थापनवाट पौडेलको भन्दा आफ्नो मत धेरै आउने तथा दोश्रो चरणको मतदानमा आफुले जित्ने वताउँदै आएका छन् ।

तर संस्थापन पक्षवाट एक मात्र सभापति उम्मेदवार नभएमा देउवाले नै पहिलो चरणको मतदानमा विजय पाउन सक्ने सम्भावना रहेको धेरै कांग्रेस नेताहरु स्वीकार गर्दछन् ।

अहिले सभापतिको उम्मेदवारमा सुजाता कोइरालालाई कोइराला परिवारको तर्फवाट सर्वसम्मत उम्मेदवार वनाउने सम्भावना नरहेको वताइन्छ ।

तर सबै सभापति उम्मेदवारहरुले कोइराला परिवारको सहयोगमा नै आफु सभापति वन्ने कसरत थालेको देखिन्छ ।

तसर्थ यसपाली जो सभापतिमा जिते पनि कोइराला परिवारको हातमा कांग्रेसको चावि रहिरहने छ र अर्को महाधिवेशनमा कोइराला परिवार कै सभापति वन्ने तर्फ कांग्रेसको आन्तरिक राजनीति अगाडि वढेको छ ।

यसले जति सुकै लोकतन्त्रको चर्का कुरा गरेतापनि नेपाली कांग्रेसमा सामन्ती वंशवादको राजनीति नयाँ रुपमा कायम रहने देखिएको छ ।

नेपाली कांग्रेस भित्रको तीब्र पदिय प्रतिस्पर्दाको यस समयमा सभापति जित्न भारतको सद्भाव र आशिर्वाद सवै जसो सभापतिका उम्मेदवारहरुले मागेको हल्ला राजनैतिक वजारमा सेलाएको छैन । तर भारतले भने न्युट्रल भूमिकामा रहन नेपाली दूतावासलाई आदेश दिएको एक उच्च समाचार श्रोतले वताएको छ ।

न्युट्रल भूमिकामा रहँदा जो जिते पनि आफ्नो मान्छे वनाउने वाटो खुल्ने र हारेकाहरु पनि नरिसाई आफ्नो घेरा भन्दा वाहिर नजाने भारतीय सत्तापक्षको विश्लेषण रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment