Wednesday, February 24, 2016

प्रधानमन्त्री फर्के, संयुक्त विज्ञप्ती आएन

फाल्गुन १२, २०७२- प्रधानमन्त्री केपी ओली राजकीय भारत भ्रमण सकेर स्वदेश फर्केका छन् । उनले आफ्नो भारत भ्रमण निकै सफल भएको दाबी गरेका थिए ।

भारतसित असमझदारी हटेको दाबीसमेत उनको थियो । तर, दुई मुलुकका प्रधानमन्त्रीले गरेको छलफल सहमतिको ‘मिठो यथार्थ’ राख्ने र भ्रमणको ‘ब्लु प्रिन्ट’ नै मानिने संयुक्त बक्तब्य जारी हुन सकेन् । नेपालका कूटनीतिज्ञहरुले अन्तिम समयसम्म लविङ गर्दा पनि त्यो बक्तब्य नआएको हो । भित्र जे जस्ता विषयले गर्दा भए पनि संयुक्त बक्तब्य जारी हुन नसक्नु आफैमा भ्रमणको महत्व र यथार्थ लुक्नु हो । यो स्तरको औपचारिक भ्रमणमा पहिलो पटक यसप्रकारको संयुक्त बक्तब्य नआएको हो । कुनै विषयमा विवाद नै भएपनि त्यो मिलाएर बक्तब्य जारी भएका उदाहरण यसअघि छन । कूटनीतिमा ‘इन्स्टिच्युसनल मेमरी’ को महत्व हुन्छ ।

भ्रमण कस्तो भयो भन्ने मुल्यांकन नै भ्रमणपछि संयुक्त बक्तब्यबाट गरिने हुनाले प्रेस व्रिफिङ र संयुक्त बक्तब्यको महत्व हुने गरेको हो । भारत भ्रमणलाई सफल भनिरहदा संयुक्त प्रेस व्रिफलाई नै अन्तिम मान्नु भनेको भ्रमणलाई दुई दिनमा सिमित गरिदिनु हो । अन्यथा प्रधानमन्त्रीको भ्रमण आफैले राजकीय भनिरहँदा भारतीय यो शैलिले भ्रमणको वास्तविकतामा समेत प्रश्न उठाइदिएको छ । यस्तो भ्रमणलाई सफल भएको रटान लगाउनु आफ्नो ओत आफैले ढाक्नु बाहेका अरु केही नभएको कूटनीतिज्ञहरुले बताएका छन् । मुलुकको प्रधामन्त्रीको स्तरबाट सहमति हुन नसक्ने गरि नेपाल भारत सम्वन्ध कसरी विग्रियो भन्नेमा जनस्तरमा समेत चासो बढाउने र मुलुक भित्रको आन्तरिक समस्यालाई बाह्यकरण गर्नेमा भ्रमण केन्द्रित भएको कूटनीतिज्ञहरुले बताए ।

गलत समयमा आफैले हतारो गरेर भ्रमण गरेको भारतीय तर्फबाट देखाइएको ब्यवहारले पुष्टि भएको छ । पूर्व परराष्ट्रमन्त्री तथा कूटनीतिक क्षेत्रमा लामो अनुभव भएकाहरुले यो भ्रमणलाई असफल मात्र होइन थप समस्या र असहजता निम्त्याउने लक्षणको रुपमा विश्लेषण गरेका छन । उनीहरु भन्छन, ‘प्रधानमन्त्री आफैले राजकिय भनिएको भ्रमणमा औपचारि ‘स्टेट ब्यङकुइट’ नहुनु, राजकिय पाहुना सरकारी निवासमा रहदा रहदै भेटेकै दिन होस्ट प्रधानमन्त्रीले दिल्ली छोड्नु । शुभ संकेतको रुपमा लिन मिल्दैन ।’ यस्तै घटनाक्रमबाट पनि स्पष्ट हुन्छ नेपालको कूटनीति कता गइरहेको छ, उनीहरुले सुनाए, ‘भारतले कुनस्तरको स्वागत गर्ने । कस्ता विषयमा छलफल गर्ने । संयुक्त बक्तब्य निकाल्ने ननिकाल्ने सबै विषयमा पूर्व जानकारी र तयारी हुनेगर्छ,  त्यसमा हामी चुकेका छौ,’ अनुभविहरुले भने, ‘प्रधानमन्त्रीको मात्र होइन ओभरअल कूटनीतिक ल्याप्स भ्रमणमा देखियो ।’

‘नेपाल भारत सम्वन्धले भोगेको दुर्घटना दोहोरिन नदिने र लागेको घाउमा मलम लगाउने काम भएको अनुभुती भ्रमणले दिएन,’ पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, ‘नेपाल भारत सम्वन्धको नया–संक्रमण प्रारम्भ भएको छ । यो भ्रमणले दुई देशको विवेकलाई परिक्षामा राखेको छ ।’ पाण्डेको भनाइलाई आधार मान्दा पनि यो भ्रमणले सल्टाउन नसकेको विषय अव कुन तहमा सल्टाउने भन्ने नै हो । उनको भनाइबाट स्पष्ट हुन्छ प्रधानमन्त्रीले तयारी विना भ्रमणको हतारो गर्दा देखिएको परिणमा हो ।

संयुक्त प्रेस बक्तब्यपछि भारतीय विदेश सचिव एस. जयशंकरले पुन पत्रकार सम्मेलन गर्नुले सिम्वोलमा रमाउन छोड्ने र सवस्ट्यान्समा केही नहुनु हो । प्रधानमन्त्री मोदी र उनको भनाईमा पनि मतान्तर देखिएको थियो । राष्ट्रपति प्रणव मुखर्जीसँग भएको भेटको कुरालाई बढि प्रचारमा ल्याउनु आफैमा कूटनीतिक लज्जा हो । भारतको राष्ट्रपतिको सरोकार लागू हुने अवस्था नबुझ्नु अर्को भुल हो, कूटनीतिज्ञहरु बताउछन् ।

पूर्व राजदूत डा. दिनेश भट्टराईले पनि भ्रमणमा संयुक्त बक्तब्य नआउनु भनेको समझदारी देखिनु हो । ‘राजनीति उच्चस्तरमा छलफल हुनु आफैमा राम्रो हो तर त्यो छलफलबाट निचोड निकाल्न नसक्नु भनेको आन्तरिक कुरालाई बाह्य करण गर्नु हो,’ डा. भट्टराईले भने, ‘राजनीतिक समझदारी हुन नसक्नु भनेको छिमेकलाई विश्वासमा लिन नसक्नु हो ।’ कूटनीतिको कतिपय विषय निकै लो प्रोफाइलमा बसेर गर्न पर्ने हुन्छ तर त्यो हुन सकेन काम भन्दा बढि हल्ला गरियो, उनले भने,‘आफुले आफैलाई महत्व धेरै दिइयो । अर्काको कुरामा ध्यान दिइएन । परिणाम यस्तो आयो ।’

यसअघिका हरेक औपचारिक भ्रमणमा संयुक्त बक्तब्य जारी भएका छन् । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले पनि संयुक्त प्रेस व्रिफलाई नै संयुक्त बक्तब्यको संज्ञा दिए । उनले भने,‘अवका दिनमा शैलि परिवर्तन गर्ने सहमतिमा यस्तो संयुक्त बक्तब्य नआएको हो । दुवै मुलुकका प्रधानमन्त्रीले गरेको प्रेस व्रिफिङ नै संयुक्त बक्तब्य हो । यसलाई ठूलो रुपमा लिन हुदैन् ।’ परराष्ट्र अधिकारीहरुका अनुसार संविधानमा स्वागत गर्ने विषय संयुक्त बक्तब्यमा राख्न पर्ने भनेपछि सबै विषय नराखी त्यो प्रक्रिया नै रोकिएको हो । परराष्ट्र सचिव तथा एक अर्का मुलुकको डेक्स हेर्ने प्रमुखहरु बीच लगातार छलफल हुँदा पनि संयुक्त बक्तब्य आउन नसकेको हो । मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि संयुक्त प्रेस व्रिफिङ भइसकेको भन्दै स्टेटमेन्ट जारी नभएको बताए ।

एमाले विदेश विभाग सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले संयुक्त वक्तब्य दुवै देश तयार हुँदा आउने हो एक्लोले चाहेर आउने होइन । भारतले यस्तो नगरेको भए हुने भन्दै उनले भने,‘प्रधानमन्त्री ओलीले नेपालको स्पष्ट कुरा राख्दा र कुनै सम्झौता नगर्दा यस्तो भएको हुनसक्छ । यसलाई त्यही रुपमा बुझ्न आवश्यक छ । संयुक्त प्रेस व्रिफिङ भइसकेको र भएका सहमति पनि बाहिर आइसकेकोले पनि त्यस्तो भएको होला ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment